हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चले दियाे अन्तरिम आदेश
काठमाडाैँ । सर्वोच्च अदालतले अनलाइनमा खेलिने खेल पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन गर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको हाे ।
केही दिन अघि महानगरीय अपराध महाशाखाको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले उक्त खेलमा प्रतिबन्ध लगाएको थियो ।
पब्जी गेममाथि लगाइएको प्रतिबन्ध असंवैधानिक र नेपाल पक्ष भएको कानुन समेतको विपरीत भएको भन्दै उक्त निर्णय बदरको मागसहित अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले रिट दायर गरेका थिए ।