बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ
पाल्पा । बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ ।
तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो ।
बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि हुनुहुन्छ । रासस