संसारमा पहिलो पटक बाजे बज्यै धेरै नाति नातिना कम

बीबीसी । संयुक्त राष्ट्र संघका अनुसार संसारमा पहिलो पटक बृद्ध बृद्धाहरुको संङ्ख्या बालबालिकाको भन्दा बढी भएको छ । सन् २०१८ को अन्तमा ६५ वर्ष भन्दा बढी उमेरका बृद्धबृद्धाहरुको सङ्ख्या ५ वर्ष भन्दा कम उमेरका बच्चा बच्चीहरुको सङ्ख्या भन्दा अधिक भएको छ ।

बीबीसी हिन्दीको एक रिपोर्ट अनुसार संसारमा ६५ वर्षभन्दा बढी उमेरका बृद्धाहरुको सङ्ख्या करिब ७०.५ करोड रहेको छ । जब कि शून्यदेखि ४ वर्षसम्मका बच्चाको सङ्ख्या करिब ६८ करोड मात्र रहेको छ ।

यो रुझान जारी रहेको खण्डमा सन २०५० मा शून्यदेखि ४ वर्षका हरेक एक बच्चा बराबर ६५ वर्ष बढीका २ बृद्ध हुने छन् ।
जनसाङ्ख्यिकी बिश्लेषकहरु केही वर्ष यता यस अनुपातको गहिरो अध्ययन गरिरहेको बीबीसीले समाचारमा जनाएको छ । पछिल्लो केही वर्षयता बढेको आप्रबाशनले प्रजननमा प्रभाब परेको विश्लेषकहरुको भनाई छ । यसको प्रभाब आगामी दिनमा अझ बढ्ने अनुमान गरिएको छ ।

अमेरिकाको वाशिंगटन यूनिभर्सिटीका इन्स्टीच्युट फर हेल्थ मेट्रिक्स एण्ड इभाइलुएसनका निर्देशक क्रिष्टोफर मरेले भनेका छन्, बच्चा निकै कम हुनेछन् र ६५ वर्ष भन्दा बढी उमेरका बुढाबुढीहरु धेरै यसले वैश्विक समाज निर्माणमा निकै मुस्किल हुने छ ।

मरेले सन २० १८ मा तयार गरेको एक अनुसन्धान रिपोर्टमा दुनियाका करिब आधि देशहरुमा आवादीको मौजुदा आकार बराबर राख्नको लागि बच्चाहरुको कमी रहेको उल्लेख गरेका थिए ।

बृद्धाहरुको सङ्ख्या अधिक हुँदा समाजको आर्थिक सामाजिक परिणाममा पनि ठूलो असर गर्ने मरेले बताएको बीबीसीले रिपोर्टमा लेखेको छ ।

विश्व वैङ्कका अनुसार सन १९६० मा महिलाको औषत प्रजनन दर लगभग ५ बच्चा बराबर रहेको थियो । करिब ६० वर्षपछि यो घटेर आधा भन्दा पनि कम २.४ पुगेको छ ।

सन् १९६० मा मानिसको औषत आयु ५२ वर्ष थियो भने सन २०१७ मा यो बढेर औषत ७२ वर्ष पुगेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *