साँधेकाे स्वादिष्ट चाउनमिन घरमै यसरी बनाउन सकिन्छ (भिडियाे)

काठमाडौं । चाउमिन खाँदा मिठाे बनाउन छिटाे छरिताे र सजिलाे परिकार हाे । साना ठूला खाजा पसल देखि रेस्टूरेन्ट तथा हाेटल सबैतिर मेनुमा याे परिकार अनिवास्य जस्तै भएकाे छ । हामी धेरैकाे राेजाइकाे परिकार मध्य पर्ने एक चाउमिन पनि हाे । अहिले त घरै बनाउने क्रम पनि बढेकाे छ ।  बनाेट र तयार गर्दा यसका प्रयाेग गर्ने सामाग्री अनुसार यसकाे स्वाद पनि फरक पर्छ । भेज ननभेज दुबै प्रकारका चाउमिन तयार गर्न सकिन्छ । ननभेजमा बफ चिकन बढी रूचाइने र धेरैले खाने प्रकार हाे । तर यहाा हामीले  यहाँ साँधेको चाउमिन बनाउने तरिकाको चर्चा गरेका छाैँ ।  रेष्टुरेन्टको मेनुमा अत्यधिक रोजाइमा पर्ने यो परिकार घरमा पनि सजिलो तरिकाले पकाउन सकिन्छ । अाउनुस सिकाैँ –

आवश्यक सामग्री

चाउमिन, टमाटर, प्याज, गाँजर, क्याप्सिकम

रातो धुलो खुर्सानी, नुन, टमाटर सस, सोया सस

विधि

एउटा भाँडोमा पानी बसाल्ने ।

त्यो पानी उमालिसकेपछि त्यसमा चाउमिन राखेर उमाल्ने ।

चाउमिन दुई मिनेटसम्म उमाल्ने र एउटा जालीले छान्दै चाउमिन निकाल्ने ।

चाउमिनमा थोरै तेल राखेर चलाउने, यसो गर्दा चाउमिन डल्लो पर्दैन ।

अब एउटा प्यानमा तेल तताउने ।

त्यसपछि चाउमिन राखेर चलाउँदै एकछिन पकाउने ।

अब चाउमिनलाई एउटा भाँडोमा राख्ने र त्यसमाथि प्याज, टमाटर, क्याप्सिकम, नुन, सस, खुर्सानी राख्ने ।

त्यसलाई काँटा चम्चाले राम्रो संग चलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *