ढोरपाटन पुग्ने पर्यटकलाई बडिगाढमा जलयात्रा गराऔँः मन्त्री विष्ट

कौरव खत्री
बागलुङ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाढमा र्याफ्टीङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागि सहयोग गर्न आफू तयार रहेको बताउनुभएको छ ।

मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर परिप्रयोग हुनुपर्ने वताउनुभयो ।

‘सरकारले जहाँ जे को सम्भावना छ त्यही काम गरी देशलाई सम्वृद्धितिर लैजान लागेको छ’, मन्त्री बिष्टले भन्नुभयो, ‘काठमाडौंमा रेल चलाउने गरि तयारी भइरहेको छ आगामी बजेटमा विष्टले प्रत्येक स्थानीय तहमा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गरिने छ ।’

‘सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजानेछौँ, वृद्धवृद्धाको भत्ता बढाउँदै जानेछौँ’, उहाँले भन्नुभयो, ‘अब कोही पनि परिवार आवास विहिन हुनुपर्दैन, कोही पनि शिक्षा, स्वास्थ्य लगायतका सेवाबाट बन्चित हुनुपर्दैन कानून तयार भैसकेको छ सरकार सामाजिक न्यायका हिसावले अगाडि वढेको छ ।’

मन्त्री विष्टले स्थानीय वा राष्ट्रिय रुपमा घोषणा गरेको सवै प्रतिवद्धता ३ वर्षभित्र सत प्रतिसत पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

बडिगाडमा खोलामा जलयात्रा

गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका वीचमा वग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्याफ्टीङ चलाउन लागेको हो ।

पर्यटन प्रवद्र्धनको उद्धेश्यसहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ । औपचारिक कार्यक्रमपछि मन्त्री विष्टसहितको टोली बागलुङको खर्वाङबाट र्याफ्टीङ चढि गुल्मीको झेर्दीसम्म पुगी त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गरेको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागि बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ बताउनुभयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *