भीषण बाढी र असिना पानीले गलकोटमा ५ करोडको क्षति

बागलुङ । गलकोटमा आइतबारदेखि परेको भीषण बर्षाले ठूलो क्षति भएको छ । बर्षासँगै आएको बाढीले गलकोट नगरपालिकाका बिभिन्न वडाहरुमा क्षति पु¥याएको हो । करिब ३ सय रोपनी खेतीयोग्य जमिनमा लगाइएको बालीनाली बाढी नष्ट गरेको छ । गलकोट नगरपालिका बाड नम्बर १ ददिलाभाटीमा बढी क्षति पुगेको छ भने गलकोट नगरपालिकाका करिब २ दर्जन बढि घर बाढीका कारण बिस्थापित भएका छन् ।

बाढीले बस्ती जोखिममा पर्दा सामान्य तटबन्ध गर्न करिब १ करोड ५० लाख लाग्ने गलकोट नगरपालिकाले जनाएको छ । त्यस्तै गलकोट नगरपालिकामा प्राप्त बिवरण अनुसार करिब १ करोड बराबरको कृषि उपज तथा पशुचौपायहरु, करिब ५० लाख बराबरको खानेपानी, ५० लाख बराबरको लुघ जलबिद्युत गृह, २० लाख बराबरको सिचाँइकुलो तथा ग्रामीण सडक अबरुद्ध हुदा १ करोड बराबरको क्षति पुगेको छ । खोला आसपासमा रहेका तटीय क्षेत्र, हटिया बजार, नरेठाँटी बजार तथा अन्य बजार क्षेत्र समेत जोखिममा परेको नगरपालिकाले जनाएको छ ।

जनप्रतिनिधिको एक महिनाको तलव बिपद ब्यवस्थापन कोषमा

गलकोट नगरपालिकाले बिपत ब्यवस्थापन कोष सञ्चालन गर्ने भएको छ । आइतबार आएको भीषण बाढी पछि बसेको गलकोट नगरपालिका बिपत ब्यवस्थापन समिति र सर्वदलीय बैठकले बाढी प्रभाबितहरुका लागि राहातका लागि कोष सञ्चालन गर्ने निर्णय गरेको हो ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे र उपप्रमुख रेनुका काउचाले १/१ महिनाको भत्ता तथा सुबिधा उत्त कोषमा जम्मा गरी बिपत ब्यबस्थापन कोष सुरु गर्नुभएको छ । सो खातामा गलकोट नगरपालिका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको सुबिधाको न्यूनतम ३० प्रतिशत जम्मा गर्ने, गलकोट नगरपालिका क्षेत्रमा कार्यरत कर्मचारीको बैठकबाट उक्त कोषमा राहत सहयोग गर्ने, र अन्य संघ संस्था, देश बिदेशमा रहेका ब्यक्तिबाट सहयोग संकलन गरी बिपतमा रहेका ब्यक्तिलाई अपिल गर्ने निर्णय भएको छ ।

प्रभाबितलाई सहयोग गर्न गलकोट नगरपालिकाको बिपद ब्यबस्थापन कोषमार्फत एकद्धार प्रणालिमा गरिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *