ताण्डव न्यूजका सम्पादक गिरी हिरासत मुक्त

पोखरा । ताण्डवन्युज डटकम र ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरी हिरासतमुक्त हुनुभएको छ । आइतबार पोखराबाट पक्राउ परेका गिरीलाई नेपाल पत्रकार महासंघको जिम्मामा काठमाण्डौंबाट छाडिएको हो । गिरीलाई पक्राउ गरे लगत्तै काठमाडौं लगिएको थियो ।

पोखराका एक व्यवसायी विपिन बतास संलग्न ठगीबारे समाचार लेखेका गिरीलाई प्रहरीले साइबर क्राइमको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । बतासको उजुरीको आधारमा पक्राउ परेका गिरीको बाँकी कानूनी प्रक्रिया भने मंगलबार मात्र पूरा हुने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

यसअघि पक्राउको बिरोध गर्दै पत्रकार सम्बद्ध विभिन्न संघ÷संस्थाले बिनासर्त गिरीको रिहाईको माग गरेका थिए । नेपाल पत्रकार महासंघ कास्कीले समाचारउपर चित्त नबुझे नियमकारी निकायमा उजुरी गर्न सकिने कानूनी आधार हुँदाहुँदै पक्राउ गरिएकोमा बिरोध जनाएको थियो । अध्यक्ष दीपेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्तिमा गिरीको तत्काल रिहाईको माग गरिएको थियो । त्यसैगरी प्रेस सेण्टर नेपाल, प्रेस युनियन कास्की, रिपोर्टर्स क्लब नेपाल, कास्की शाखा, संसदीय पत्रकार मञ्च, पोखरा, युवा पत्रकार सञ्जाल कास्की, खेलकुद पत्रकार मञ्चलगायतका संघ÷संस्थाले पनि गिरीको बिनासर्त रिहाईको माग गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *