What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाली सेनामा भर्ती खुल्याे, विभिन्न पदहरुमा ७ हजार ७ सयलाई अबसर
What To Know
- काठमाडौं । नेपाली सेनामा भर्ती खुलेकाे छ । लाहुरे हुने र देशकाे सेवा गर्ने सुन्दर सपना देखेकाहरूका लागि सुनाैलाे अबसर साबित हुन सक्छ । सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुका लागि ७ हजार ७ सयभन्दा बढी संख्यामा दरखास्त आव्हान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले मंगलबार एक विज्ञापन जारी गर्दै विभिन्न पदमा ७ हजार ७ सय २ जनाका लागि दरखास्त आव्हान गरेको हो।.
- विभागका अनुसार सेनाकाे प्रशासन तथा अन्य प्राविधिक र सेवाका क्षेत्रमा दर्खास्त आह्वान गरिएकाे छ। लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त माग गरिएको छ।.
काठमाडौं । नेपाली सेनामा भर्ती खुलेकाे छ । लाहुरे हुने र देशकाे सेवा गर्ने सुन्दर सपना देखेकाहरूका लागि सुनाैलाे अबसर साबित हुन सक्छ । सेनाले स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुका लागि ७ हजार ७ सयभन्दा बढी संख्यामा दरखास्त आव्हान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले मंगलबार एक विज्ञापन जारी गर्दै विभिन्न पदमा ७ हजार ७ सय २ जनाका लागि दरखास्त आव्हान गरेको हो।
विभागका अनुसार सेनाकाे प्रशासन तथा अन्य प्राविधिक र सेवाका क्षेत्रमा दर्खास्त आह्वान गरिएकाे छ। लेखा जमदार, सहायक पण्डित हुद्धा, अमल्दार, सैन्य, सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य ड्राइभर, सैन्य वाद्यवादन, तथा विभिन्न ट्रेडका फलोवर्स पदहरुका लागि दरखास्त माग गरिएको छ।
दरखास्तीका लागि देशका विभिन्न ६३ ठाउँ ताेकिएकाे छ। भर्ना प्रकृया खुला तथा समावेशी दुबै हुने सूचनामा उल्लेख छ। आज(मंगलबार) देखि आगामी जेठ १ गतेसम्म याेग्यता पुगेका नेपाली नागरिकहरूले दरखास्त दिने सक्ने छन् ।
हेर्नुस् विज्ञापन कुन पदमा कति जना मागेकाे छ ?








