सकियाे गलकाेटकाे चैते दशैं मेला

कौरव खत्री
बाग्लुङ्ग । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरले गलकोटको कोटको ऐतिहासिक महत्ब झल्किने गरी योजना निर्माण गर्नुपर्ने बताउनुभएको छ । शनिवार सम्पन्न भएको गलकोट संस्कृति संरक्षण तथा समाज विकास मञ्चको २५ औ बार्षिकोत्सब तथा चैते दशै मेलाको अबसरमा गैरेले गोलकोटको पुरातात्विक तथा ऐतिहासिक पक्षको संरक्षणको लागि नगरपालिकाले सधै सहकार्य गर्न तयार रहेको बताउनुभएको हो । उहाँले गलकोट सस्कृति संरक्षण तथा समाज बिकास मञ्चले गलकोटको सस्कृतिको संरक्षणमा खेलेको भुमिकाको प्रशसासमेत गर्नुभयो । ‘गलकोट क्षेत्र आफैमा सांस्कृतिक तथा पर्यटकीय क्षेत्र भएकोले यसको बिकासको लागि सबै एकजुट हुनुपर्छ,’ उहाँले भन्नुभयो ।

मेलाको अबसरमा आयोजित नयाँ संरचनाको वार्ड स्तरीय पुरुष भलिबल प्रतियोगतामा गलकोट सप्लायर्स एण्ड होम डेकोरेशन विजयी भएको छ । गलकोट स्पोर्टस हाउस हटियालाई पराजित गर्दै गलकोट सप्लायर्सले उपाधी जितेको हो । उपाधी बिजेताले नगद ४१ हजार प्राप्त गरेको खेल सयोजक रबिन बोहोराले जनाकारि दिनसभयो । त्यस्तै सामूहिक लोक नृत्य प्रतियोगितामा गलकोट सास्कृतिक नृत्याङ्गना गलकोट माध्यमीक बिद्यालय प्रथम, रोयल डान्स कल्ब हटिया दित्तीय र गोलडेन फ्युचर बोडिङ स्कुल डाडाखेत तृतीय भएका थिए । कार्यक्रममा गलकोट नगरपालिका– ३ को महिला जागरण केन्द्र हटिया, कोतमैदान आमा समूह, बोहोराफाँट आमा समूह, जनजागृति आमा समूह लगाएतले घुम्टे साईला, सालैजो, रत्यौली गीत प्रस्तुत गरेका थिए ।

चैतेदशै मेलाको अबसरमा कलाकार निसा श्रीस, रेशम निर्दोश, बिमल भण्डारी चिना थापा, संगीत प्रेमी रिमा बस्नेत लगाएतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए । मेलामा गलकोट नगरपालिका– ३ हटिया कोटमैदानका स्थानीय गन्दर्भ जातिले सराय नाँच प्रस्तुत गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *