आईपीएलमा बिराट कोहलीले गरे ठूलो गल्ती, तिर्नुपर्‍यो लाखौँ जरिवाना

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलुरुले सनिबार भएको आईपीएल टुर्नामेन्टको २८ औँ खेलमा किंङ्गस–११ पंजावलाई ८ वीकेटले पराजित गरेको छ । यो सँगै बैंगलुरुले यो सिजनको आइपीएलमा जितको खाता खोेलेको छ । यो उसको सातौँ म्याचमध्ये पहिलो जित हो ।

यो जितको साथै कप्तान बिराट कोहलीले खेलमा ठूलो गल्ती गरेका छन् । जसका कारण उनलाई १२ लाख भारु जरिवाना तिराइएको छ । कोहलीलाई स्लो ओभर रेटका कारण जरिवाना लगाइएको हो । आईपीएल कोड अफ कन्डक्टका अनुसार उनको टीमको यो पहिलो गल्ती हो । यद्यपी यसअघि यो सिजन मै मुंवइ इन्डियन्सका कप्तान रोहित शर्मा र राजस्थान रोयल्सका कप्तान अजिंक्य रहाणेमाथि पनि स्लो ओभर रेटको जरिवाना लगाइएको थियो ।

मोहालीमा सनिबार भएको खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको थियो । पंजावले क्रिस गेलको सानदार ९९ रनको मद्धतमा ४ वीकेट गुमाएर १ सय ७३ रन बनाएको थियो । जवाफमा बैंगलुरुले कप्तान कोहलीको ६७, एवी डिविलियर्सको ५९ रनको योगदानमा ८ वीकेट बाँकी छँदैजित हासिल गर्‍यो ।

एक खेल मात्र जितेको वैंगलुरु अङ्क तालिकाको पुछारमा रहेको छ । प्लेअफमा पुग्न बैंगलुरुले बाँकी ७ खेलमध्य ६ खेल जित्नैपर्ने हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *