सकारात्मक सोच बिना विकास र समृद्धि सम्भव छैन : मुख्य मन्त्री पोखरेल

सुनिल कार्की
पाल्पा । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले सकारात्मक सोच बिना प्रदेशकाे विकास र समृद्धि सम्भव नरहेको बताउनुभएको छ । प्रदेश सांसद डा. पुरनमान बज्रचार्यले पाल्पाको तानसेनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा मुख्य मन्त्री पोखरेलले राम्रा पक्षलाई भन्दा नराम्रा पक्षलाई बढी वकालत गर्ने प्रवृतिको अन्त्य गर्नुपर्ने बताउनुभयो । ‘हामी सकारात्मक भन्दा नकारात्मक कुरामा बढी जोड दिन्छौँ नकारात्मक पक्षलाई बढी वकालत गर्ने हाम्रो प्रबृति सुधार गर्नुपर्छ तब मात्र प्रदेशको बिकास र समृद्धि सम्धब छ’, उहाँले भन्नुभयो ।

प्रदेश ५ सरकारले दुई वर्षको अन्तरालमा अपेक्षा भन्दा ठुलो विकासको लक्ष्यमा पुगेको भन्द समृद्ध प्रदेश निर्माणको अभियान जुटेको दावी गर्नुभयो । मुख्य मन्त्री पोखरेलले भन्नुभयो, ‘पाल्पामा पाँच नम्बर प्रदेशका धेरै ऐतिहासिक पर्यटकीय गन्तब्यहरु छन् यसको विकास र प्रर्वद्धनमा प्रदेश सरकार गुरुयोजनाका साथ अघि बढेको छ ।’

यस्तै कार्यक्रममा प्रदेश पाँचका सभामुख पुर्ण बहादुर घर्तीले नयाँ वर्षको अवसरमा शुभकामना दिँदै प्रदेशलाई विकासको मोडमा अघि बढाउन कानुन निर्माण र योजना तर्जुमाको अन्तिम चरणमा पुगेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *