नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एयरपाेर्टमा फेरि ३ किलाे सुन बरामद
काठमाडौँ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) बाट अवैध सुनसहित ३ चिनियाँ नागरिक पक्राउ परेका छन् । चाइना इस्टर्न एयरलाइन्सबाट चीनको कुनमिङबाट काठमाडौं आएका तीन चिनियाँ नागरिकलाई ३ किलो ३ सय ग्राम अवैध सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । उनीहरुलाई विमानस्थल प्रहरी र भन्सारको संयुक्त टोलीले पक्राउ गरेको हो। उनीहरूबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।