नेपालमा ‘पब्जी’ खेलमाथि प्रतिबन्ध

काठमाडौँ ।  सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नेपाल प्रहरीको केन्द्रीय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमा प्रतिबन्ध लगाउने निर्णय गरेको हाे । प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीबाट आएको अनुरोधको आधारमा उक्त खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको जानकारी दिनुभयाे। सरकारको निर्देशन अनुसार सेवा प्रदायकहरुले आआफ्नो नेटवर्कमा पब्जी डाउनलोड गर्न र खेल्न नमिल्ने गरी बन्द गर्नेछन्।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको प्राधिकरणले जनाएकाे छ। पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा प्राधिकरणले यसअघि पोर्न साइटमा पनि प्रतिबन्ध लगाउन इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो। उक्त निर्देशनका कारण अहिले नेपालमा पोर्न साइटहरु प्रतिबन्धित छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *