What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कराेडाैँ ठगेर फरार जग्गा ब्यवसायी सुधिर बस्नेत पक्राउ
What To Know
- काठमाडौं । विवादास्पद घरजग्गा ब्यवसायी सुधिर बस्नेत बुधबार साँझ आफ्नै घरबाट पक्राउ परेका छन्। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतलाई भिमसेनगोलास्थित घरबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई केही समयअघि पक्राउ गरेको बताए ।.
- समस्याग्रस्त सहकारी समितीको प्रतिवेदनका आधारमा १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले बुझाएपछि कारबाही शरू भएको एसएसपी लामाले बताए। उनका अनुसार बस्नेतलाई सहकारी ठगी र संगठित अपराधमा कारबाही अघि बढ्नेछ।.
काठमाडौं । विवादास्पद घरजग्गा ब्यवसायी सुधिर बस्नेत बुधबार साँझ आफ्नै घरबाट पक्राउ परेका छन्। सरकारले गठन गरेको छानबिन समितिको निर्देशनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले बस्नेतलाई भिमसेनगोलास्थित घरबाट पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले बस्नेतलाई केही समयअघि पक्राउ गरेको बताए ।
समस्याग्रस्त सहकारी समितीको प्रतिवेदनका आधारमा १४ करोड ठगी गरेको प्रतिवेदन सरकारले बुझाएपछि कारबाही शरू भएको एसएसपी लामाले बताए। उनका अनुसार बस्नेतलाई सहकारी ठगी र संगठित अपराधमा कारबाही अघि बढ्नेछ।
संगठित अपराध निवारण ऐन अनुसार कारबाहीका लागि कम्तीमा दुई र सो भन्दा बढिको संलग्नतामा अपराध भएको हुनुपर्छ। सहकारी ठगीमा सुधिरका सहयोगी समेत प्रहरी खोजीमा रहेको परिसरले जनाएको छ।