लोकसेवा तयारी गर्दा कसरी पढ्ने

काठमाडौँ । लोक सेवा परीक्षा पास गरेर सरकारी जागिर खाने सपना धेरैको हुन्छ तर कमैले मात्र त्यो अबसर पाउँछन् । चाहाना धेरैले राख्ने भएकाले प्रतिस्प्रधा पनि धेरै नै हुन्छ । कडा मेहनत गरेर, नाम चलेका इन्स्टिच्युटहरुमा क्लास लिएर पनि कतिलाई पढेका कुराहरु नआउन सक्छ । जुन असफलताको कारण बन्छ । त्यसैले तपाईको सपना पूरा गर्न केही सरल उपाय अपनाउनु भयो र त्यसलाई ब्यवहारमा लागू गर्नुभयो भने पक्कै पनि सरकारी जागिर खाने तपाईको सपना पूरा हुन सक्छ । यहाँ हामीले लोकसेवाको परीक्षा तयारी गर्दा ध्यान दिनुपर्ने केही कुराहरुका बारेमा चर्चा गरेका छौँ तपशीलका केही कुराहरुलाई ख्याल गर्नुभयो भने पक्कै पनि तपाईँको तयारी राम्रो हुने छ ।

– लोकसेवाको तयारी गर्दा व्यावहारिक पक्षमा धेरैभन्दा धेरै जानकारी हासिल गर्नुपर्छ ।

– सुशासन ऐन, सूचना हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन, वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यावहारिक पक्षको अध्ययन गरिनुपर्छ

– आवधिक योजना मज्जाले पढ्नुपर्छ । किनभने, यसले सबै तह र समूहलाई कहीँ न कहीँ छोएको वा समेटेको हुन्छ । त्यसका साथै सरकारले सार्वजनिक गर्ने विभिन्न प्रतिवेदन पनि पढ्नुपर्छ ।

– सम्बन्धित विषयमा काम गरिसकेका, व्यावहारिक रूपमा जानकार र अवकाशप्राप्त कर्मचारी वा व्यक्तिले लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ ।

– हेन्सआउट, बुक, गाइड मात्र हेरेर पुग्दैन । सम्बन्धित विषयवस्तुमा आधारित चौतर्फी ज्ञान हासिल गर्नुपर्छ ।

– बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तीमा दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ ।

– तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर दोहोर्‍याएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको तयारी गरिरहेका विद्यार्थीले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *