नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

रम्भाको च्याङलिङमा बसको ठक्करबाट हुमकुमारी घटनास्थमलै मृत्यु
पाल्पा, चैत १८
पाल्पाको रम्भा गाउँपालिका १, च्याङलिङमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
स्याङ्गजाको गल्याङबाट रामपुरतर्फ गैरहेको ग १ ख ७६३६ नम्बरको बसको ठक्कर रम्भा गाउँपालिका १ च्याङलिङकी ६६ वर्षीय हुमकुमारी सारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कृष्ण राज सापकोटाले जानकारी दिनुभयो । स्याङ्गजा गल्याङ्ग तर्फको कालिगण्डकी कोरीडोर कच्ची सडकखण्डको रम्भा १ च्याङ्लिङमा रोकी राखेको बसको आगाडीबाट बाटो त्रस गर्ने क्रममा अचानक बस अगाडी बढी ठक्कर दिदा सारुको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सापकोटाले बताउनुभयो ।
घटनाको अनुशन्धनाको लागि प्रहरी चौकी हुँगी र इलाका प्रहरी कार्यालय रामपुरबाट टोली खटाई घटना बारे थप अनुशन्धन भइरहेको छ । बस र चालक जिल्ला प्रहरीको नियन्त्रणमा रहेका छन ।