बुधबारदेखि बन्द हुँदैछ पोखरामा प्याराग्लाइडिङ

पाेखरा । पोखरामा बुधबारदेखि प्याराग्लाइडिङ बन्द हुने भएको छ । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर तिर्न अटेरी गरेपछि प्याराग्लाइडिङ बन्द हुने भएको हो ।  पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले कर तिर्नका लागि पत्र लेखे पनि व्यवशायीले अटेरी गरेपछि प्याराग्लाइडिङ उडान नै बन्द गर्न लागिएको बताइएकाे छ ।

प्रदेश सरकारले जारी गरेको नीतिअनुसार प्रत्येक कम्पनीले वार्षिक रुपमा पर्यटन करबापत एक लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त कर बापतको रकम वडा कार्यालय वा महानगर कार्यालय मध्य एक ठाउँमा बुझाउनु पर्ने हुन्छ ।

वडा कार्यालयले अन्तिम पटक फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने बताएको थियो । तर सो निर्देशनलाई नमानेपछि महानगरले प्याराग्लाइडिङ नै बन्द गर्ने भएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिनुभयाे ।

अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको छ । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *