हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
तपार्इँकाे सपना साकार पार्ने ५ टिप्स, जसले बदल्नेछ जीन्दगी
सुतेर सपना साकार हुँदैन मित्र, जुन सपना सुतेर देखिन्छ त्यो सपना पूरा नहोला तर जुन सपनाले सुत्न दिँदैन नी त्यो सपना पक्कै पूरा हुन्छ । एकै दिनमा पूरा नहोला तर एक दिन जरुर पूरा हुन्छ ।
काठमाडाैँ । सपना नदेख्ने मान्छेहरु सायदै होलान् तर देखेका सबै सपना सबैका पूरा हुँदैनन् । सपना देखेर मात्र पनि हुँदैन लक्ष्य लिएर मात्र पनि हुँदैन त्यसलाई साकार पार्नको लागि एक दृढ अठोट र सङ्कल्प चाहिन्छ । सुतेर सपना साकार हुँदैन मित्र, जुन सपना सुतेर देखिन्छ त्यो सपना पूरा नहोला तर जुन सपनाले सुत्न दिँदैन नी त्यो सपना पक्कै पूरा हुन्छ । एकै दिनमा पूरा नहोला तर एक दिन जरुर पूरा हुन्छ । त्यसका लागि उद्धेश्य प्राप्तीको दिशामा लगाब, निरन्तरता र प्यार हुन आवस्यक छ । तन मन धनलाई एकाग्र गरेर लाग्ने हो भने लक्ष्य हासिल गर्न सकिन्छ । महान लक्ष्य लिएर अगाडी बढेपछि एक दिन अवस्य पनि सफलताको शिखर चुम्न सकिन्छ । भलही चाहे दुनियाँले कुरा किन नकाटुन् भन्नेहरुले त स्वार्थी भयो भन्लान, तपाईँको लक्ष्य र सपना देखेर हाँस्लान गिज्याउलान् यो दुनियाको काम नै यही हो चियो चर्चो गरिरन्छ गर्न दिनुस् । जल्ने दुनियाँलाई जल्न दिनुस् तपाई आफ्नो सपनाको बाटोमा केन्द्रित हुनुस् । आउनुहोस् सपना साकार पार्न सहज बनाउने केही टिप्सहरुका बारेमा चर्चा गरौँ ।
१. लक्ष्यलाई मूर्त बनाउनुहोस्
परिक्षामा राम्रो अंक ल्याउछु भन्ने अमूर्त लक्ष्य हो, परिक्षामा सत्तरी प्रतिशत ल्याउछु भन्नु स्टष्ट लक्ष्य हो । मनमा सजाएका सपनाहरू त मन मै मर्न पनि सक्छ भुल्न पनि सकिन्छ त्यसैले मनमा साेचेका कुराहरूलार्इ डायरीका पानामा लेख्नुहाेस् ।
२. समयसीमा तोक्नुहोस्
माथि पनि उल्लेख गरिसकेकाे कुरा हाे लक्ष्य प्राप्ती गर्न पहिले समय सीमा ताेक्नु पर्छ । भनिन्छ नी लगनपछिकाे पाेतेकाे के काम त्यसैले गन्ब्यमा निर्धारित समय मै पुग्नुपर्छ बल्ल पाे सार्थकता रहन्छ र । त्यसैले लक्ष्यकाे समयसीमा ताेक्नुस् । म ल्यापटप किन्छु मात्र भन्ने हो भने काममा सुस्तता आउँछ । म तीन महिनाभित्र ल्यापटप किनिछाड्छु भनि समयले बाध्नुपर्छ ।
३. ब्रेन स्ट्रोमिङ
उद्देश्य साकार पार्ने संभावित उपाय, सूत्र वा तरिकाबारे जति सकिन्छ त्यती बुँदा बनाउने र यीनैमध्ये जुनजुन कामलाग्छ त्यसैको फलो गर्ने । केही भाेगेर सिक्नुस केही अहरूकाे हेरेर जीवन जीउने सूत्रहरू धेरै छन् ।
४. इण्डिकेटर बनाउनुहोस्
इण्डिकेटर त्यो हो जसले हरपल तपाईलाई लक्ष्य सम्झाइरहनेछ । जस्तै, पाणिनीको इ. आफैले चिरेर बनाएको हस्तरेखा थियो भने जेक केनफिल्डको पैसाको नोट । अनेक बहानामा सपनाबाट डिस्ट्रयाक नहुनस् अलमल परेर अरूका कुरा सुनेर लहैलहैमा लागेर कहिलेकाहीँ लक्ष्यबाट बिमुद हुन पनि सकिन्छ त्यसैले सपना सम्झाइरहने कुनै एक सूचम निर्धारण गर्नुहाेस्
५. प्रतिज्ञा जोड्नुहोस्
जबसम्म म यो पुस्तक लेखिसक्दिन तबसम्म म बाहिरै निस्किन्न या यदि मैले यो कार्यलाई पूर्णता दिन सकिन भने म खाना खानै छोड्दिनेछु जस्ता लक्ष्यप्रप्तीमा दबाब सिर्जना गर्ने प्रतिज्ञा गर्ने । यस्ता प्रतिज्ञाहरूले लक्ष्यमा एकाग्र बनाउन सहयाेग पुग्छ ।