हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रेस स्वतन्त्रताविना लोकतन्त्रको महत्व हुन्न : कांग्रेस सभापति
विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्राविना लोकतन्त्रको महत्व नरहने बताउनुभएको छ । विराटनगरबाट प्रकाशित हुने ‘न्यू सृष्टि दैनिक पत्रिका’को आठौँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले लोकतन्त्रमा प्रेस स्वतन्त्रताको अन्योेन्याश्रित सम्बन्ध छ भन्नुभयो ।
सभापति देउवाले नियमनको नाम सामाजिक सञ्जालमा सरकारले नियन्त्रण गर्न खोज्नु लोकतन्त्रको मूल्यमान्यताविपरीत हो भन्दै सङ्घीयतालाई बलियो बनाउन सरकारले प्रतिपक्षको साथ र सहयोग लिएर हिँड्न सक्नुपर्ने सुझाव दिनुभयो । उहाँले सङ्घीयता अब नेपालको वास्तविकता भइसकेको प्रसङ्ग उल्लेख गर्दै सङ्घीयतालाई पूर्णता दिन अझै विधेयक र कानून बन्नुपर्छ भन्नुभयो । सभापति देउवाले प्रतिपक्षको भूमिकामा रहेको काङ्ग्रेस अब सशक्त भूमिका निर्वाह गर्ने तयारीमा जुटेको जानकारी दिँदै सामुदायिक विद्यालयको गुणस्तर बढाउन सरकारले पहल गर्नुपर्छ भन्नुभयो ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता क्षेत्रले जनताका मन र विश्वास जित्ने काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक परिवर्तनमा पत्रकारिता क्षेत्रले दिएको योगदान सराहनीय छ भन्नुभयो । मुख्यमन्त्री राईले मुलुकमा अब सबै किसिमको अप्ठ्यारा पार भइसकेकाले विकास र समृद्धिको यात्रामा सबैलाई अघि बढ्न आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले निष्पक्ष र सत्य समाचार लेख्नमा सर्वोच्चता हासिल गरेको ‘न्यू सृष्टि दैनिक’को सफलताको शुभकामना दिनुभयो । उहाँले सत्तापक्ष र विपक्षीले एकआपसमा सहमति गरेर नै अघि बढ्नुपर्ने धारणा राख्दै प्रदेशसभाको तेस्रो अधिवेशनले प्रदेश नं १ को राजधानी र नाम पनि टुङ्गो लगाउने घोषणा गर्नुभयो ।
क्रिकेट खेलाडी पारश खड्का र हास्यकलाकार मनोज गजुरेल मुलुकमा शान्ति स्थापना र विकासका काममा एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा न्यू सृष्टि दैनिकका प्रकाश एवं प्रधान सम्पादन शङ्कर खरेलले पत्रिकाले आफ्नो स्थापनाकालदेखि नै देश र जनताका लागि समाचार पस्किरहेको धारणा राख्दै समाजमा पिछडिएका र पछौटेपनका क्षेत्रमा रचनात्मक काम पनि गरिरहेको चर्चा गर्नुभयो ।
सोही कार्यक्रममा राष्ट्रिय क्रिकेट खेलाडी पारश खड्का, हास्यकलाकार मनोज गजुरेल, गायक कलाकार रामा मण्डल, गायिका आनी छोइङ डोल्पा, डा ज्ञानेन्द्रमानसिंह कार्की र सञ्चारकर्मीद्वय कुमार लुइँटेल र गोपाल काफ्लेसहित २१ जनालाई पुरस्कृत पनि गरिएको थियो ।