बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विश्वकपका सर्वाधिक चर्चित खेलाडी एम्बाप्पेले आफ्नो पुरै कमाई दान गरे
काठमाडाैँ । रुस सम्पन्न बिश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका फ्रान्सका केलियन एमबाप्पेले बिश्वकपबाट पाएको रकम दान गरेका छन् ।
पूर्व घोषणा गरेअनुसार १९ वर्षीय स्टार एमबाप्पेले विश्वकप खेल्दा पाएको ५ लाख अमेरिकी डलर अर्थात करिब ५ करोड रकम अनाथ र अशक्त बालबालिकाकालाई दिएका हुन् ।
फुटबलका लेजेण्ड पेलेसँग तुलना गरिएका एम्बाप्पेले फ्रान्सको प्रिमियर्स डी कोर्डी नामक संस्थालाई सहयोग गरेका हुन् । आमाबुवा नभएका र अशक्त रहेका बालबालिकालाई फुटबलमा पे्ररित गर्न रकम प्रदान गरिएको एमबाप्पेले बताएका छन् ।