‘ नेयमार र एमबाप्पे दुवैकाे चाहाना एउटै’

पेरिस  । रियल म्याड्रिडले गम्भिर चासो देखाउनका वावुजद केलियन एमबाप्पे र नेयमार पेरिस सेन्ट जर्मेन (पिएसजी) मै रहने पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस फर्नान्डेजले बताएका छन् । सुपर स्टार रोनाल्डो रियल छाडेर युभेन्ट्स गएपछि उनको विकल्पमा रियलले नेयमार र एमबाप्पे भित्राउने लक्ष्य राखेका बताइएको छ । तर, दुवै सुपर स्टार पिएसजीलाई च्याम्पियन्स लिग जिताउनमा दृढ रहेको फर्नान्डेजले बताएका छन् ।

एक रेडियो अन्तरवार्तामा फर्नान्डेजले भने, नेयमारले पिएसजी रहने निर्णय गरेका छन् । उनी सफलता चाहन्छन् । विश्व कपमा उनको टोली ब्राजिलले सफलता प्राप्त गर्न सकेनन् । मलाइ लाग्छ उनी पिएसजीलाई उपाधि दिलाउन चाहन्छन् ।

एमबाप्पेका बारेमा फर्नान्डेजले थपे, उनी पनि यहाँ रहनेछन् । उनी आफैले यो प्रष्ट पारिसकेका छन् । उनी पिएसजीलाई च्याम्पियन्स लिग जिताउन चाहन्छन् । हाम्रा लागि दुवै खेलाडी बस्नु महत्वपूर्ण विषय हो ।

पिएसजीले गत सिजन नेयमारलाई बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरो र १९ वर्षे फ्रेन्च स्टार नेयमारलाई मोनाकोबाट १ सय ८० मिलियन युरोमा लोनमा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *