नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

माल्दिभ्समा किरणको टोलीको चौथो जित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ सम्मिलित माल्दिभ्सको टिसी स्पोर्टसले लिगमा लगातार चौथो जित हासिल गरेको छ । टिसी स्पोर्टसले मंगलबार माजियालार्य ३–० ले हराएको थियो ।
लगातार ४ खेल जितेको टिसी स्पोर्टस् १२ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको ग्रिन स्ट्रिर्स १० अंकसहित दोस्रो स्थानमा छ । अर्कोतर्फ माजियाको यो सिजनको सुरुवात भने कमजोर ढंगले भएको छ । टोली ४ अंकसहित पाँचौं स्थानमा छ । किरण लगातार दोस्रो सिजन टिसी स्पोर्टस्बाट खेलिरहेका छन् ।