कांग्रेस नेतृत्व सरकारमा केसीले ७ पटक अनसन बस्दा किन भएन माग पूरा ?

काठमाडौँ  । अहिले नेपाली कांग्रेसले अनसनरत डा गोविन्द केसीका माग पुरा गर्न सडक आन्दोलको घोषणा गरेको छ। केसीको अहिलेको १५ औँ अनसन हो । त्यस मध्ये ७ पटकको अनसनमा नेपाली कांग्रेसका नेतृत्वको सरकार थियो ।

त्यसबेला प्रधानमन्त्री शुशिल कोइराला र शेरबहादुर देउवा नेतृत्वको सरकार थियो । केसीको अनसन इतिहासमा कोइराला नेतृत्वको सरकारमा तीन पटक र देउवा नेतृत्वको सरकारमा ४ पटक अनसन बसेका थिए । केसीले कांग्रेसका नेता गगन थापा स्वस्य मन्त्री हुदा दुई पटक अनसन बसेका थिए । जो अहिले केसीका माग पुरा गराउने प्रवक्ता सरह बनेका छन्

केसीले २०७१ फागुन र २०७२ भदौं र असोजमा ३ पटक अनसन बस्दा तत्कालीन कांग्रेस सभापति शुशिल कोइराला प्रधानमन्त्री थिए । २६ असोज २०७३ र २८ कात्तिक मा २२ दिन अनसन बस्दा प्रचण्ड प्रधानमन्त्री र कांग्रेस नेता गगन थापा स्वस्थ्य मन्त्री थिए । १९ साउन २०७४ , ९ असोज १९ असोज र २४ पुसमा केसी चार पटक अनसन बस्दा अहिलेका प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए। नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा अहिले समेत गरेर केसीको दोस्रो अनसन हो ।

छ पटक आफ्नो नेतृत्वको सरकार हुँदा केसीका माग पुरा गर्न नसक्ने कां ग्रेसले अहिले आएर सडक संघर्षको चेतावनी दिनुलाई नैतिकताको खडेरी भनेर धेरैले टिप्पणी गरेका छन् ।

हेर्नुहोस् डा के सी को अनसन तालिका :

क्र.स मिति   दिन  प्रधानमन्त्री  स्वास्थ्य मन्त्री शिक्षा मन्त्री 
२१ असार २०६९  डा. बाबुराम भट्टराई राजेन्द्र महतो दिनानाथ  शर्मा
 २७ साउन २०६९  डा. बाबुराम भट्टराइ राजेन्द्र महतो दिनानाथ शर्मा
२७ पुस २०७० १०  खिलराज रेग्मी  बिद्याधर मल्लिक  माधव प्रसाद पौडेल
  २५ माघ २०७०  ८ खिलराज रेग्मी बिद्याधर मल्लिक माधव प्रसाद पौडेल
 ८ फागुन २०७१  १२ सुशिल कोइराला खगराज अधिकारी चित्रलेखा यादव
 ७ भदौ २०७२ १४ सुशिल कोइराला खगराज अधिकारी चित्रलेखा यादव
२ असोज २०७२ १२ सुशिल कोइराला खगराज अधिकारी चित्रलेखा यादव
२६     असार २०७३ १५ के पी शर्मा ओली रामजनम चौधरी गिरीराजमणि पोखरेल
१० असोज २०७३ १२ पुष्पकमल दाहाल ‘प्रचण्ड’ गगनकुमार थापा धनिराम पौडेल
१० २८ कातिक २०७३ २२ पुष्पकमल दाहाल ‘प्रचण्ड’ गगनकुमार थापा धनिराम पौडेल
११ १९ साउन २०७४ २३ शेरबहादुर  देउवा दिपक बोहोरा  गोपालमान श्रेष्ठ
१२ ९ असोज २०७४ शेरबहादुर देउवा दिपक बोहोरा गोपालमान श्रेष्ठ
१३ १९ असोज २०७४ १४ शेरबहादुर देउवा दिपक बोहोरा गोपालमान श्रेष्ठ
१४ पुष २०७४ शेरबहादुर देउवा  दिपक बोहोरा गोपालमान श्रेष्ठ
१५ १६ असार २०७५

 

जारी केपी शर्मा ओली  उपेन्द्र  यादव गिरीराजमणि पोखरल

Leave a Reply

Your email address will not be published. Required fields are marked *