बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण
सुर्खेत । गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् ।
प्रदेश प्रमुख दुर्गाकेशर खनालले आर्थिक कार्यविधि विधेयक, २०७४, आव २०७४÷०७५ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, कर्णाली प्रदेश आकस्मिक कोष विधेयक, २०७५ र कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि ऐन, २०७५ प्रमाणीकरण गर्नुभएको छ ।
त्यसैगरी, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५, कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५, कर्णाली प्रदेश वित्तीय हस्तान्तरण व्यवस्थापनसम्बन्धी विधेयक, २०७५ र कर्णाली प्रदेश कर तथा गैरकर राजस्वसम्बन्धी विधेयक, २०७५ सभाबाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव लक्ष्मण शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएका विधेयक संख्या तीन, प्रदेश सभामा दर्ता भई टेबल भएका विधेयक संख्या चार र प्रदेशसभामा दर्ता भई टेबुल हुन बाँकी विधेयक संख्या चार रहेको निमित्त सचिव शर्माले बताउनुभयो ।
अब कर्णाली प्रदेशसभाको बैठक यही साउन ११ गते बस्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।