तानसेनको सम्पूर्ण माबिमा विद्युतिय हाजिरी

पाल्पा । तानसेन नगरपालिका पाल्पाले नगरपालिका भित्रका सबै सामुदायिक माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी मेसिन जडान गरेको छ । तानसेन नगरपालिकाको शिक्षा शाखाबाट तानसेनका १८ वटा माध्यमिक विद्यालयहरुमा हाजिरी मेसिन जडान गरेको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले दमकडा नमुना माध्यमिक विद्यालयमा मेसिन जडान गरेर विद्युतिय हाजिरीको शुभारम्भ गर्नुभएको छ । मेसिन शुभारम्भ गर्दै मेयर शाहीले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरियताले मात्रै समाज र राष्ट्रको बिकास हुने र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार हुने बताउनुभयो ।
नगरपालिकाले शिक्षामा सुधारका लागी विभिन्न कार्यक्रमहरु गरिरहेको बताउदै अभिभावकहरुलाई विद्यालयको गतिविधी सुधारमा चनाखो र अग्रसर बन्न आग्रह गर्नुभयो । विद्युतिय हाजिरी मेसिनको सहयोगबाट विद्यालयमा शिक्षकहरुको आउने र जाने समयको रेकर्डहुने र रेकर्डको आधारमा पुरस्कार र दण्डको व्यवस्था मिलाईने छ ।

नेपाली क्यालेण्डर अनुसार चल्ने सफ्टवेयर सहितको हाजिरी मेसिनमा प्रधानअध्यापक आफैले काज वा विदाको रेकर्ड चढाउन मिल्ने साथै हाजिरी दिन र घण्टाको आधारमा तलबमान समेत सफ्टवेयरले निकाल्न मिल्ने गरि मेसिन जडान गरिएको ब्यवसायी तथा एभरेष्ट टे«ड लिंकका अध्यक्ष गुरास आत्रेयले बताउनुभयो । हाजिरी मेसिनकै कारणले सम्पूर्ण शिक्षामा गुणस्तर आउने नभए पनि शिक्षक विद्यालयमा समयमा पुग्ने र अन्तिमसम्म बस्ने बानीको बिकास हुने र जसको फलस्वरुप गुणस्तरमा केही बृद्धिहुने बिस्वास नगरपालिकाले राखेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *