१२ वर्षपछि काठमाडाैँ उपत्यकामा हिमपात ( फाेटाे फिचर )

भक्तपुर। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हिमपात भएको छ । उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंकै आसपासमा हिमपात भएको छ । काठमाडौंमा हिजो राति ११ बजेदेखि निरन्तर पानी परिरहेको छ । भक्तपुर शहरमा १२ वर्षपछि हिमपात भएको  हाे ।  भक्तपुरको नगरकोट, चाँगुनारायण, सुडाल, ताथली, चित्तपोल, नंखेल, सिपाडो, नलिन्चोक, गुण्डु, रानीकोट, घ्याम्पेडाँडालगायतका क्षेत्रमा हिमपात हँुदा जनजीवन प्रभावित भएको छ ।

भक्तपुर, मध्यपुरथिमि, चाँगुनरायण र सूर्यविनायक नगरपालिकाका शहरी क्षेत्रमा समेत हिमपात भएको छ । उपत्यकाका काठमाडौँ र ललितपुरमा समेत हिमपात भएको छ । हिमपातका कारण नगरकोट, सुडाल, रानीकोटलगायतका जिल्लाका पर्यटकीय क्षेत्रमा बिहान यातायातसमेत सञ्चालन हुन सकेका थिएनन् । हिमपातले भक्तपुर हँुदै नगरकोटतर्फ आउने यातायात सेवा बिहानैदेखि अवरुद्ध तेलकोटका सोम शर्मा बजगाईंले जानकारी दिनुभयो ।

हिमपातपछि पर्यटकीय क्षेत्र नगरकोटलगायतका क्षेत्रमा आन्तरिक पर्यटक हिउँ खेल्न आउने क्रम भने बढेको र दिनभर पर्यटकको ओइरो लाग्ने अपेक्षा गरिएको होटल व्यवसायी गोकुल लामिछानेले बताउनुभयो । शहरी क्षेत्रमा लामो समयपछि हिउँ परेकाले स्थानीय भने बिहानै हिउँमा रमाएका छन् । बाह्र वर्षअघि दिउँसो हिमपात भएको थियो भने आज बिहानै हिमपात भएको छ ।

सबै तस्बिर चन्द्रागिरी हिल्सकाे फेसबुकबाट 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *