पाठेघरको क्यान्सर कसरी पत्ता लगाउने ?

काठमाडाैं । बायोलोजिकल कारण पनि महिलाको स्वास्थ्य पुरुषको तुलनामा अलि बढी संवेदनशील हुन्छ । जसका कारण पुरुषमा भन्दा केही बढी स्वास्थ्य समस्या महिलामा देखिने गर्छ । खासगरी, प्रजनन उमेर समूहका महिलालाई सामान्यदेखि जटिल स्वास्थ्य समस्याले सताइरहने हुन्छ । ती जटिल स्वास्थ्य समस्या अन्तरगत महिलाकाे पाठेघरमा देखिन क्यान्सर प्रमुख हाे।

विश्व स्वास्थ्य संगठनका अनुसार महिलाहरुलाइ सवैभन्दा बढी देखिने क्यान्सरहरुमध्ये पाठेघरको मुख क्यान्सर दोश्रो नम्वरमा पर्दछ । विश्वमा हरेक वर्ष यो रोगवाट पाँच लाखभन्दा वढी महिला पिडित हुने गरेका छन् । ती मध्ये दुइलाख भन्दा वढीको मुत्यु हुने गरेको छ । जसमध्ये ८५५ विरामी नेपालजस्तो विकासउन्मुख मुलुकहरुमा रहेको अनुमान गरिएको छ ।

पाठेघरको मुखको क्यान्सर महिलाहरुमा हुने क्यान्सरमध्ये सवैभन्दा खतरनाक भएतापनि अरु क्यान्सरको तुलनामा सजिलै पत्ता लगाउन सकिने रोग हो । पाठेघरको मुखको क्यान्सर विशेष Human Papilloma Virus (HPV को संक्रमणवाट हुने गर्दछ । यो भाइरस धेरै जनासँग यौनसम्पर्क शुरु गरेका महिलाहरु, सानै उमेरमा विवाह गरी बच्चा पाएका महिलाहरुमा वढि सक्रिय भएको देखिन्छ । त्यस्तै शरिरको प्रतिरोधात्मक क्षमता कमजोर भएका, धुम्रपानको लत बसेका महिलाहरुमा यो भाइरसले संक्रमण बढि गरेको पाइन्छ । लामो समयसम्म (पाँच वर्षभन्दा वढी) हर्मोनयुक्त परिवार नियोजनका अस्थायी साधनहरु प्रयोग गर्ने महिलाहरुमा यो क्यान्सरको खतरा हुन सक्दछ । त्यसैले हर्मोनयुक्त परिवार नियोजनको साधनहरु ३ देखि ४ वर्षको विचमा केहि समय रोकेर पुनः प्रयोग गर्नु राम्रो हुन्छ ।

Pap Smear (Pap Test): भनेको के हो ?

Pap Smear (Pap Test) पाठेघरको मुखको क्यान्सरको संक्रमण भए नभएको पत्ता लगाउने सामान्य तर अति नै प्रभावकारि विधि हो । यसमा पाठेघर र त्यसको मुख – बाट निस्कने श्राव परीक्षण गरि संक्रमणको अवस्था पत्ता लगाउन सकिन्छ । यसको पुरा रुप Papanicolaou test हो । यो परिक्षण— सस्तो र छरितो पनि भएकाले नियमित रुपमा परिक्षण गरी समयमै रोगको वारेमा जानकारी पाउन सकिन्छ । तल देखाइएको चित्रमा प्याप स्मेर गर्ने तरिका देखाइएको छ ।

Pap Smear (Pap Test): कहिले गर्नपर्दछ ?

१) ३५ देखि ६० वर्ष उमेर पुगेका महिलाले वर्षको कम्तीमा एक पटक अनिवार्य रुपमा यो जाँच गर्नुपर्दछ ।
२) यो परिक्षण— पहिला ६ महिनाको फरकमा ३ पटक गर्नुपर्दछ । तिनै पटक परिक्षणमा ल्भनबतष्खभ देखिएमा फेरि एक वर्षपछि परिक्षण गर्नुपर्दछ ।
३) यसमा पनि negative देखिएमा ३ वर्षपछि र उक्त परिक्षण पनि negative देखिएमा प्रत्येक पाँच वर्षमा यो जाँच गर्नुपर्दछ ।

ध्यान दिनुपर्ने कुराहरु

महिनावारि रोकिइसकेपछि पनि नियमित रुपमा negative जाँच गर्नु आवश्यक छ । ६५ वर्ष भन्दा माथिका महिलाहरुमा यदि अघिल्ला ३ वा सो भन्दा वढी जाँच negative छन् भने उबउ तभकत रोक्न सकिन्छ । पछिल्लो समयमा सानो उमेरमा युवतीहरुमा यो क्यान्सर देखिन थालेकोले विभिन्न अध्ययन अनुसारको recommendation अनुसार २१ वर्षको उमेर देखिनै यो जाँच गर्न प्रभावकारि देखिएको छ ।

यदि क्यान्सर वाहेकका अन्य कारणहरु जस्तै Fibroids uterus को कारण पाठेघर निकाल्ने अपरेशन (total hysterectomy) गरिएको छ भने यी महिलाको नियमित रुपमा Pap Smear जाँच गर्नुपर्दैन । तर क्यान्सरको कारणवाट अपरेशन (total hysterectomy) गरिएको हो भने ति महिलाले नियमित रुपमा आफ्नो Pap Smear test वार्षिक रुपमा गर्न आवश्यक हुन्छ । त्यसै गरि, महिलाको यौन अंगबाट धेरै मात्रामा सेतो पानी वा गन्हाउने पानी बगेमा वा महिनावारी नहुदा पनि रगत देखा परेमा यो जाँच आवश्यक पर्दछ ।

कसरी तयारी गर्ने

यो जाँचको नतिजा प्रभाकारी रुपमा पाउनको लागि एबउ तभकत गर्नु पर्ने महिलाले निम्न कुरामा ध्यान पुर्‍याउन आवश्यक छ ।
१) यो जाँच गर्नुभन्दा २ दिन अगाडि देखि यौन सम्र्पक गर्नुहुँदैन । योनीमा कुनै औषधि क्रीम, परिवार नियोजनको अस्थायी साधनको रुपमा प्रयोग गरिने क्रिम,
teblets प्रयोग गर्नुहुँदैन ।
२) महिनावारी भइरहेको समयमा यो जाँच नगर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *