यसरी बनाउनुहोस् खसीको खुट्टाको स्वादिलो सुप

What To Know

  • काठमाडौं। खसीको खुट्टाको सुपलाई स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक मानिन्छ। खसीको खुट्टाको सुप सुत्केरी, तथा विभिन्न रोगीहरुको लागि पनि अत्यन्तै उपयोगी मानिन्छ। खसीको खुट्टाको सुप खाँदा स्वादिलो नहुने पनि कतिपयको गुनासो हुन्छ।  तर यहाँ खसीको सुपलाई स्वादिलो तरिकाले पकाउनको लागि विधि राखिएको छ .
  • त्यसपछि टमाटर,नुन, खुर्सानीको धुलो, अदुवा लसुनको पेस्ट राख्ने  .

काठमाडौं। खसीको खुट्टाको सुपलाई स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक मानिन्छ। खसीको खुट्टाको सुप सुत्केरी, तथा विभिन्न रोगीहरुको लागि पनि अत्यन्तै उपयोगी मानिन्छ। खसीको खुट्टाको सुप खाँदा स्वादिलो नहुने पनि कतिपयको गुनासो हुन्छ।  तर यहाँ खसीको सुपलाई स्वादिलो तरिकाले पकाउनको लागि विधि राखिएको छ :

सामग्री :

४ वटा खसीको खुट्टा

जिरा धनियाको पाउडर, अदुवा लसुनको पेस्ट , बेसार

रातो धूलो खुर्सानी , गरम मसला

प्याज , गोलभेडा , तेजप्त्ता , सूर्यमुखी तेल

विधी :

प्रेसर कुकरमा तेल तताउने

तेल तातेपछि तेजपत्ता र काटेको प्याज राखेर चलाउने

प्याज हल्का रातो भएपछि खसीको खुट्टाको टुक्राहरु राख्ने र एकछिन चलाउने

आधा चम्चा बेसार, दुई चम्चा जिरा-धनियाको पाउडर राखेर फेरी चलाउने

त्यसपछि टमाटर,नुन, खुर्सानीको धुलो, अदुवा लसुनको पेस्ट राख्ने  

एकछिन चलाउने र पानी राखेर सिठी लगाइदिने

हेर्नुहोस् भिडियो :

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *