स्वादिष्ट आलु परौठा बनाउने सजिलो तरिका

काठमाडौं । रोटी खानु स्वाद मात्र नभएर स्वास्थ्यका दृष्टीले पनि राम्रो हुन्छ । रोटीमा पनि विविधता हुन्छ, जस्तै : सुख्खा रोटी, परौठा, आलु परौठा, पुरी आदि । रोटीको आलु परौठा परिकार स्वादमा पनि उत्तम हुन्छ भने बनाउन पनि सजिलो हुन्छ । यो परिकार घरमा विशिष्ट व्यक्तिको आगमन हुँदा समेत पस्किन सकिन्छ ।

आलु परौठा, सजिलो संग घरमै बनाउन सकिन्छ । ताजा र गुणस्तरीय सामानको प्रयोग गरेर बनाइने हुनाले घरमा बनाइएको आलु परौठा स्वस्थबर्द्धक समेत हुन्छ ।

पीठोमा थोरै नुन र तेल मिलाएर , त्यसमा पानी थप्दै मुछ्नुपर्छ । मुछिसकेपछि त्यसलाई केही छिन छोपेर राख्नुपर्छ ।

एउटा भाँडोमा उसिनेको आलु काटेर त्यसमा नुन, धनियाँ, खुर्सानी, अम्चुर पाउडर, अदुवा राखेर मुछ्नुपर्छ ।

अब रोटी बेलेर त्यसको बीचमा मुछेको आलु राख्नुपर्छ र रोटीलाई पोको पारेर बेल्नुपर्छ ।

अब तावामा तेल लगाउंदै परौठा पकाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *