What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्राविधिक शिक्षाले मात्र समाजलाई विकास र परिर्वतन गर्छ : पार्टी सचिव सापकोटा
What To Know
- कौरव खत्री गुल्मी । जनज्योति माध्यमिक विद्यालयले आयोजना गरेको धन धान्याञ्चल ज्ञानमहायज्ञको सातौ दिन पनि प्रवचन तथा सम्मानका कार्यक्रमहरु सम्पन्न भएका छन् । सातौ दिनलाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँगे्रस गुल्मीका सचिव बिष्णु कुमारी सापकोटाले प्राविधिक शिक्षाले मात्र समाजको विकास गर्ने परिवर्तन गर्ने बताइन । साथै महिला अधिकारकर्मी समेत रहेकी सापकोटाले बाचेर केहि कृति राख्न सबैलाई आग्रह गरिन उनले भनिन,विद्यालयको लागि आफूसक्दो दान दिएर सहयोग सबैलाई आग्रह गरिन । साथै उनले अव शिक्षा व्यवहारिक र सीपयुक्क्त हुनु पर्ने बताउदै विद्यालयको शैक्षिक विकासका लागि आफूले सधै सहयोग गर्ने भन्दै विद्यालयले समय सान्दर्भिक शिक्षा तर्फ जोड दिन आग्रह गरिन् । सोही अवसरमा नेपाली काँगे्रस गुल्मीका पूर्व पार्टी सभापति शुरेशचन्द्र भूषाल,नेपाली काँगे्रस पूर्व जिल्ला सदस्य अनिशा केसी, नेपाली काँगे्रस महिला विभाग सदस्य कमला पन्थी,बसन्ती पन्थी,अनिता कुँवर,सदस्य सुमित्रा भण्डारी,भोमा खरेल,नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका संयोजक शुर्दसन शाक्य नगरपालिकाका छाँया सरकार संयोजक झविलाल भण्डारी,नेपाल पत्रकार महासघ गुल्मीका सदस्य कौरव खत्री महेन्द्र आर्दश माविका शिक्षक मिगेन्द्र रिजाल,विष्णु काफ्ले लगायत विभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।.
- ८० लाख संकलन भएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए । विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप गत फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञ फाल्गुन ९ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए । कार्यक्रम मुल महारोह समितिका संयोजक पूर्ण बहादुर हितानको अध्यक्षता तथा वरिष्ठ पत्रकार खेमराज रेग्मीले गरेका थिए । महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले कथा प्रवचन सहित झाँकी भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो ।.
कौरव खत्री
गुल्मी । जनज्योति माध्यमिक विद्यालयले आयोजना गरेको धन धान्याञ्चल ज्ञानमहायज्ञको सातौ दिन पनि प्रवचन तथा सम्मानका कार्यक्रमहरु सम्पन्न भएका छन् । सातौ दिनलाई सम्वोधन गदै प्रमुख अतिथि नेपाली काँगे्रस गुल्मीका सचिव बिष्णु कुमारी सापकोटाले प्राविधिक शिक्षाले मात्र समाजको विकास गर्ने परिवर्तन गर्ने बताइन ।
साथै महिला अधिकारकर्मी समेत रहेकी सापकोटाले बाचेर केहि कृति राख्न सबैलाई आग्रह गरिन उनले भनिन,विद्यालयको लागि आफूसक्दो दान दिएर सहयोग सबैलाई आग्रह गरिन ।
साथै उनले अव शिक्षा व्यवहारिक र सीपयुक्क्त हुनु पर्ने बताउदै विद्यालयको शैक्षिक विकासका लागि आफूले सधै सहयोग गर्ने भन्दै विद्यालयले समय सान्दर्भिक शिक्षा तर्फ जोड दिन आग्रह गरिन् ।
सोही अवसरमा नेपाली काँगे्रस गुल्मीका पूर्व पार्टी सभापति शुरेशचन्द्र भूषाल,नेपाली काँगे्रस पूर्व जिल्ला सदस्य अनिशा केसी, नेपाली काँगे्रस महिला विभाग सदस्य कमला पन्थी,बसन्ती पन्थी,अनिता कुँवर,सदस्य सुमित्रा भण्डारी,भोमा खरेल,नेपाली काँगे्रस मुसिकोट नगरपालिकाका संयोजक शुर्दसन शाक्य नगरपालिकाका छाँया सरकार संयोजक झविलाल भण्डारी,नेपाल पत्रकार महासघ गुल्मीका सदस्य कौरव खत्री महेन्द्र आर्दश माविका शिक्षक मिगेन्द्र रिजाल,विष्णु काफ्ले लगायत विभिन्न सघंसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मुसिकोट नगरपालिका १ पौदीअरेवामा रहेको जनज्योति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ मार्फत हिरक महोत्सवको विद्यालयलाई आर्थिक सहयोग गर्नेहरुमा मुसिकोट नगरपालिका १ अरेवा निवासी बरिष्ठ समाजसेवी चन्दादाता तथा शिक्षाप्रेमी हवल्दार डालेश्वर भूषालले विद्यालयको लागि जग्गा सहित १५ लाख,१हजार,१रुपैया सहयोग दिएका छन् ।
यस्तै समाजसेवी मुनपा १ निवासी समाजसेवी पूर्णप्रसाद भूषाल तथा उनका भाइहरुबाट गरि रु.५ लाख,१हजार १सय,११ रुपैया, यस्तै सोही वडा अरेवा निवासी हाल अष्ट्रेलियामा रहेका समाजसेवी कृष्णप्रसाद चालिसेबाट रु.४लाख ५हजार ५सय,५५ र विद्यालयका शिक्षक ढाल बहादुर रायमाझीबाट रु.३ लाख २५हजार ५सय,५५ रुपैया समेत गरि हालसम्म विद्यालयको लागि करिव रु. ८० लाख संकलन भएको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद आचार्यले जानकारी दिए ।
विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप गत फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञ फाल्गुन ९ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रम मुल महारोह समितिका संयोजक पूर्ण बहादुर हितानको अध्यक्षता तथा वरिष्ठ पत्रकार खेमराज रेग्मीले गरेका थिए ।
महायज्ञमा प्रमुख बाचक बालयोगेश्वर महाराज श्रीले कथा प्रवचन सहित झाँकी भजनकिर्तन समेत प्रस्तुत गरिएको थियो ।