हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर कैदी
हुमाकान्त पोखरेल
गुल्मी । जीर्ण कारागार । तेव्वर कैदीबन्दी । त्यसैमाथि खानेपानी संकट थपिएपछि समस्या भएको छ । तम्घासमा खानेपानीको संकट नौलो कुरा भएन । तर कारागार जस्तो संवेदनशिल क्षेत्रमा पनि खानेपानीको समस्या देखिएपछि कैदीबन्दीलाई मुस्किल परेको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा अहिले दुई बालबालिकासहित पाँच महिला र ६२ जना पुरुष गरि ७९ जना रहेका छन् ।
संरचना र कर्मचारीकै अभाव
जिल्ला कारागार कार्यालय गुल्मीमा कर्मचारीको समेत अभाव रहेको छ । जिल्ला कारागारमा कर्मचारी दरबन्दी आठ हो । अहिले पाँच जना कर्मचारी रहेका छन् । त्यसमा पनि एक जना कार्यालय सहयोगीले राजीनामा दिए । एक जना नायव सुब्बा, खरदार र लेखापालको दरबन्दी भने खाली रहेको कार्यालय प्रमुख उदव पन्थीले बताए । कर्मचारी र संरचनाको अभावमा जिल्ला कारागार रहेको छ । पुरानो र त्यसैमाथी ०७२ सालको भुकम्पले समेत कारागारको भवन चर्किएको छ । अहिलेसम्म आश्वासन बाहेक अरु केहि आएको छैन् । ‘धेरै पटक नेता र अधिकारकर्मीबाट अनुगमन भएका छन,’तर बजेट कतैबाट आएको छैन,’कार्यालय प्रमुख पन्थीले भने,‘ यो बिषयमा सम्बन्धित पक्षको बेलैमा ध्यानाकर्षण हुनुपर्छ ।’
दैनिक खाना पकाउन, पिउन, नुहाउन तथा लुगा धुन पानीको आवश्यकता पर्छ । तर एउटा मुलबाट जिल्ला कारागार, जिल्ला अस्पताल तम्घास र नेकपाको पार्टी कार्यालयमा खानेपानी आउने गरेको जिल्ला कारागार प्रमुख उदव पन्थीले बताए । अस्पताल र कारागार दुवै अति संवेदनशिल क्षेत्र र पानी बढि खर्च हुने भएकाले खानेपानीको अभाव देखिने गरेको पन्थीले बताए । अहिलेबाटनै खानेपानीको समस्या रहेकोले चैत÷बैशाखको सुख्खा मौषममा चरम खानेपानी संकट देखिने उनले बताए । ‘तम्घास बृहत खानेपानीसंग अघिदेखिनै कुरा भएको रहेछ, तर पानी चढ्दैन भन्ने कुरा आयो,’पन्थीले भने,‘पछि ट्याङकरबाट व्यावस्थापन गर्नुपर्छ ।’ कारागारमा बर्खामा पानी भित्रै पानी पलाउँछ । तर सुख्खा मौषममा खानेपानी संकट देखिन्छ् ।0
जिल्ला कारागार गुल्मी कुनै कारखानाभन्दा फरक छैन् । मुढाको लागि यो कारागार धेरै प्रख्यात छ । जिल्लाका विभिन्न स्थान र जिल्ला बाहिरसमेत मुढाको निर्यात हुने गरेको कारागार गुल्मीले जनाएको छ । त्यो बाहेक ढाकाका सलहरु समेत कारागारमा उत्पादन हुने गरेको कारागार चौकीदार दिपक गिरी बताए । मैनबत्ति र अगरबत्तिको उत्पादन भने पछिल्लो समय बन्द गरिएको छ । जिर्ण कारागार र त्यसैमाथी व्यावस्थापन गर्न नसकेपछि मैन र अगरबत्तिको उत्पादन गर्नुपर्ने बाध्यता आएको गिरीले बताए । संरचनाको कारण उद्यम मरिरहेकोमा उनले दुख व्यक्त गरे । साथै पछिल्लो समय बायो ग्यास बिग्रिएकाले दाउरा व्यावस्थापनमा समेत मुस्किल परेको उनले बताए ।
चर्को बजार मुल्य पुरानो सुविधा
जिल्ला कारागारमा अहिलेसम्म अनुगमन तथा निरिक्षणमा धेरै व्यक्ति र संघ संस्था पुगे । त्यहाँ पुग्ने धेरैलाई कारागार र कैदी बन्दीको समस्या अवगत छ । भेट्ने धेरैलाई कैदी–बन्दीले आफुहरुले पाउँदै आएको सिदा र चामल अत्यन्तै न्यून रहेको गुनासो गर्ने गर्छन् । कैदी–बन्दीले दैनिक सिदा वापत खर्च ४५ रुपैयाँ र ७०० ग्राम चामल पाउँदै आएका छन । बर्षौ पुरानो सिदा–चामलको सुविधा न्यून हुँदा कैदी–बन्दीलाई इन्धन, दाल, तरकारी लगायत व्यवस्थापन गर्न समस्या निकै मुस्किल परेको कारागार नाइके दिपक गिरीले बताए । ‘कैदी बन्दीका लागि १०÷१२ बर्ष पुरानो सेवा सुविधा छ, महंगीले नेटो काटिसक्यो,‘उनले भने,‘अहिले बजार मुल्य अनुसार सुविधा बढाउनुपर्छ ।’