घुम्टे युवा परिवारको होली पूर्णिमा मेला आगामी चैतमा हुने

कौरव खत्री
बाग्लुङ्ग । खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान भन्ने मुल नाराका साथ स्थापित सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको विशेष बैठक आज सम्पन्न भएको छ ।

बैठकले यस संस्थाको ३४ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक होली पूर्णिमा मेला २०७५ आगामी चैत ३ गतेदेखि ६ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित आयोजना गर्ने निर्णय गरेको छ ।

होली पूर्णिमा मेलामा गलकोट नगरपालिका वडा नं ७ भित्रको बृहत कृषि मेला प्रदर्शनी, वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता, खुल्ला सामुहिक लोक नृत्य प्रतियोगिता, वडा स्तरिय पुरुष तथा महिला रस्साकसी प्रतियोगिता आयोजना गर्ने निर्णय गरिएको घुम्टे युवा परिवार मल्मका उपाध्यक्ष जीवन साहानीले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कृषि मेलाको प्रदर्शनीमा पुरस्कारहरु जिन्सी र प्रमाण पत्र, पुरुष भलिबलमा प्रथम पुरस्कार नगद रु ५० हजार, द्वितिय नगद रु ३० हजार, सान्तवना रु ११ हजार २ समुहलाई प्रदान गर्ने निर्णय गरेको छ । यता खुल्ला सामुहिक नृत्य प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १५ हजार, द्वितिय नगद रु १० हजार र तृतिय नगद रु ५ हजार र वडा स्तरिय पुरुष तथा महिला रस्साकसी प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५ हजार ५ सय र द्वितिय पुरस्कार नगद रु ३ हजार ३ सय राख्ने निर्णय गरेको छ ।

मेला अवधिभर राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरु विष्णु खत्री, वसन्त थापा, आशिष अविरल, दुर्गेश थापा, ईश्वर सिंह, राम खत्री लगायतको सांगितिकप्रस्तुति रहने बताईएको छ ।

मेलामा ज्येष्ठ नागरिक अभिनन्दन, भुपु खेलाडी अभिनन्दन, युवा व्यावसायी अभिनन्दन, विपन्न परिवारलाई खाद्यान्न वितरण र जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणलाई निरन्तरता दिईने सदस्य भुमिराज थापाले जानकारी दिनुभयो ।

बैठकमा कार्य समितिका पदाधिकारीहरु, युवा समितिका पदाधिकारीहरु, सल्लाहकार समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । बैठक घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता र सहसचिव प्रकाश थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *