जनज्योति माविको महायज्ञमा उठ्यो ६०लाख आर्थिक सहयोग

कौरव खत्री
गुल्मी । गुल्मीको एक माध्यमिक विद्यालयले धन धान्याञ्चल ज्ञानमहायज्ञबाट राम्रै आर्थिक संकलन जुट्दै गएको छ । मुसिकोट नगरपालिका १ पौदीअरेवामा रहेको जनज्योति माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको हिरक महोत्सवको छैठौ दिनसम्म झण्डै ६० लाख भन्दा संकलन भएको हिरक महोत्सवका आर्थिक संकलन समितिका संयोजक जीत बहादुर पाठकले जानकारी दिए ।

विद्यालयलाई आर्थिक सहयोग गर्नेहरुमा मुसिकोट नगरपालिका १ अरेवा निवासी बरिष्ठ समाजसेवी पूर्णप्रसाद भूषाल तथा उनका भाइहरुबाट गरि रु.५ लाख,१हजार १सय,११ रुपैया, यस्तै सोही वडा अरेवा निवासी हाल अष्ट्रेलियामा रहेका समाजसेवी कृष्णप्रसाद चालिसेबाट रु.४लाख ५हजार ५सय,५५ र विद्यालयका शिक्षक ढाल बहादुर रायमाझीबाट रु.३ लाख २५हजार ५सय,५५ रुपैया समेत गरि हालसम्म विद्यालयको लागि रु. ६० लाख भन्दा बढि आर्थिक चन्दा बोल भएको हिरक महोत्सवका आर्थिक संकलन समितिका संयोजक पाठकले जानकारी दिए ।

विद्यालयलाई अल्पकालिन रुपमा अंग्रेजी माध्यमको व्यवस्थापन गरि भावी दिनमा कक्षा १० सम्म अंग्रेजी माध्यमको कक्षा सञ्चालन गर्ने र माध्यमिक तहलाई दिगो रुपमा सञ्चालन गर्न र सबै कक्षाहरुमा कम्प्युटरमय शिक्षा गर्ने तथा दिर्घकालिन रुपमा विद्यालयको कक्षा वृद्धि गरि कक्षा १२ सम्म पु¥याउने र प्राविधिकमय शिक्षा सञ्चालन गर्ने उद्देश्य अनुरुप गत फाल्गुन १ गते देखि हिरक महोत्सव मार्फत श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु गरिएको सप्ताह ज्ञानमहायज्ञ फाल्गुन ९ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक इश्वरीप्रसाद आचार्यले जानकारी दिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *