स्टेशनरी व्यवसायी महासंघ पाल्पाले ग¥यो कारागारका बन्दीहरुलाई पुस्तक तथा खेलकुद सामाग्री सहयोग

माघ २७, विष्णु प्रसाद खनाल तानसेन ।
पुस्तक दिवसको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पाल्पाले जिल्ला कारागार तानसेन पाल्पाका बन्दीहरुलाई पुस्तक तथा खेलकुदका सामग्री सहयोग गरेको छ ।

कार्यक्रममा ८१ थान पुस्तक ,२ थान बल ,२ थान चेस, २ थान लुडो, १ सेट ब्याट्मिन्टन र एक दर्जन कक वितरण गरिएको थियो ।  वितरण समारोहमा कार्यलय प्रमुख भक्तीसरा रानाले अन्य संघ संस्थामा सहयोगको लागि आग्रह गर्दा पनि पुस्तक सहयोग पाउन नसकेको तर पुस्तक व्यवसायीहरुले अकस्मात गरेको सहयोगले आफू र आफ्नो कार्यालय निकै खुसी रहेको र सहयोग गर्ने महासंघलाई धन्यवाद दिनुभयो ।

 

विस १९८३ सालमा स्थापना भएको कारागारमा ५६ जना महिला २ जना बालबालिका र २३३ जना पुरुष बन्दी रहेका छन ।  पुस्तक व्यवसायी महासंघ पाँच नम्बर प्रदेशका कोषाध्यक्ष कमलराज तिमिल्सिनाले कार्यक्रमको बारेमा जानकारी दिनुभको थियो ।  जिल्ला शाखा सल्लाहकार नरेश चन्द्र भट्टराईले आगामी बर्ष पनि यो सहयोगलाई निरन्तरता दिने बताउनुभयो । जिल्ला शाखा अध्यक्ष किशोर भट्टराईले अन्य पुस्तकहरु माग आए आफुहरु सहयोग गर्न जति बेला पनि तयार रहेको बताउनुभयो ।

बन्दीको तर्फबाट राजु आचार्य र आशा दाहालले सधैको उपयोगी हुने पुस्तक आफुहरुको साथी जस्तै रहने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम जिल्ला शाखा अध्यक्ष किशोर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *