बुटवल पाल्पा सडकखण्ड चार दिन बन्द हुने

पाल्पा । बुटवाल पाल्पा सडक खण्डको सिद्धबाब क्षेत्रमा सुरुङ मार्ग बनाउन भौगर्भिक सर्वेक्षणका लागि सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभान देखि बुटवलको तल्लो सिद्धबाबासम्मको सडक खण्डको सडक चार दिनसम्म बन्द हुने भएको छ । सिद्धबाब क्षेत्रमा सुरुङ मार्ग बनाउन भौगर्भिक सर्वेक्षणका लागि माघ २६ देखि २८ गतेसम्म दिनमा विहान २ पटक र दिउँसो २ पटक गरी दैनिक चारपटक र २९ गते दिनमा पाँचपटक सडक बन्द हुने भएको हो ।

डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख केदार प्रसाद नेपालका अनुसार यही माघ २६ , २७ र २८ गते विहान ९ देखि १० बजेसम्म र ११ बजेदेखि १२ बजेसम्म तथा दिउँसो २ देखि ३ बजेसम्म र ४ देखि ५ बजे सम्म सडकमा सवारी साधन चलाउन पाइने छैन् ।

बर्षायाममा मात्र नभई हिउँदमा पनि ढुंङ्गे पहिरो खस्ने हुँदा याहाँ सुरुङ मार्ग बनाउन अध्ययन गरिँदै छ । स्वीजरल्याण्डको एक कम्पनीले सर्वेक्षण गर्न थालेको हो । यस खण्डमा पहिरो जाँदा सर्यौं व्यक्तिको अकालमै ज्यान जाने गरेको छ । यसको विकल्पका रुपमा विभिन्न उपायहरुसरकारले अवलम्बन गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *