फेसबुक म्यासेन्जरले ल्यायो यस्तो नयाँ सुविधा तर सीमित अवधिका लागि मात्र

एजेन्सी । फेसबुक म्यासेन्जरमा पठाएको म्यासेज पनि अब डिलिट गर्न मिल्ने भएको छ । हालै फेसबुकको म्यासेजिंग सर्भिस म्यासेन्जरले वाट्सएप,इन्स्टाग्राममा जस्तै एकपटक पठाई सकेको म्यासेज पनि डिलिट गर्न मिल्ने फिचर ल्याएको छ । यो फिचरलाई कम्पनीले गत नोवंबरमा नै जारी गरेको थियो । तर मंगलबार मात्र संसारभर एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरुका लागि यो सुबिधा उपलब्ध गराएको छ ।

फेसबुकले यस फिचरलाई रिमुभ फर एभ्रिवन नाम दिएको छ । यो फिचर आएसँगै अब फेसबुकमा पठाएको म्यासेज १० मिनेट भित्र डिलिट वा अनसेन्ड गर्न सकिन्छ । यो सुविधा अनुसार अब म्यासेन्जरमा पठाएको फोटो, भिडियो, टेक्स्ट म्यासेज सबै १० मिनेट भित्र डिलिट हुन्छ । यो फिचर ग्रुप च्याटमा पनि काम लाग्नेछ । कहिलेकाहीँ गल्तीले कुनै ग्रुप च्याटमा म्यासेज सेन्ड भएको अवस्थामा तपाईले १० मिनेटभित्र उक्त म्यासेज, फोटो, भिडियो वा कुनै लिङ्क डिलिट गर्न सक्नुहुन्छ । तर १० मिनेटपछि भने म्यासेन्जरमा रिमुभ फर एभ्रिवन सुबिधा उपलब्ध हुने छैन । तर रिमुभ फर यु को अप्सनले उपलब्ध हुनेछ । यो सुविधामा भने तपाईको च्याटबक्समा मात्र डिलिट हुनेछ । अन्यको म्यासेजमा भने रहनेछ ।

कुनै गल्ती अथवा अनावस्यक कुराहरुको सेण्ड भएको अबस्थामा १० मिनेट समयको भने ख्याल गर्नुपर्ने हुन्छ । सिमित अवधिका लागि मात्र उपलब्ध भएको यो सुविधाले कहिलेकाहीँ भुलबस हुने कुराहरुलाई डिलिट गर्न सहज हुने अपेक्षा गरिएको छ ।

कसरी गर्ने पठाएको म्यासेज डिलिट

  • यस फिचरको प्रयोग गर्नका लागि पठाएको म्यासेज वा तपाईले डिलिट गर्न चाहेको म्यासेजमा क्लिक अर्थात ट्याव गर्ने त्यसपछि २ ओटा अप्सन देखाउनेछ ।
  • पहिलो अप्सन रिमुभ फर एभ्रिवन हुनेछ जसमा सेन्डर र रिसिभर दुबैको म्यासेज बक्सबाट म्यासेज डिलिट हुनेछ ।
  • दोस्रो अप्सन रिमुभ फर यु हुनेछ जसबाट सेन्डरको वा तपाईको तर्फ मात्र म्यासेज डिलिट हुने छ । रिसिचरको बक्समा भने यथावत रहनेछ ।
  • ती अपसन मध्ये रिमुभ फर एभ्रिवनमा क्लिक गरेपछि वार्निङ देखाउनेछ जसमा कन्फर्म र क्यान्सिल हुने छ ।
  • म्यासेज रिमुभ भएपछि ह्वाट्एपमा जस्तै म्यासेज वज रिमुभ देखाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *