गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुने

२५ माघ, पाल्पा ।
नारायण न्यौपाने ।

तानसेनको टँुडिखेलमा हुने भनिएकोे श्रीमद भागवत तथा गणेश अनुष्ठान तेल्घाको गुफाचौरमा हुनेभएको छ । यही फागुन १ देखि ११ गतेसम्म टुडिखेलमा हने भनिए पनि स्थान परिवर्तन भएको हो ।

टँडिखेलको स्तरउन्नती गर्न लागिएकाले स्थान परिवर्तन गरिएको अनुष्ठान मुल आयोजक समितिका सह–संयोजक लोचन तिमिल्सिनाले बताउनुभयो । सम्पुर्ण कार्यक्रमको तयारी टँुडिखेलमा गरिएकोले अहिले स्थान परिवर्तन भएका कारण तेल्घामा तिव्रताका साथ तयारी भएको आयोजक समितिका सह–संयोजक तिमिल्सिेनाले जानकारी दिनुभयो ।

विश्व विराट गणेशजी भगवानको मुर्ति स्थापना तथा मन्दिर निर्माण गरि पाल्पाको तानसेन १० तेल्घालाई धार्मिक पर्यटकिय गन्तब्य बनाउने उद्देश्य अनुरुप अनष्ठान आयोजना गर्न लागिएको हो । अनुष्ठानमा विश्वविख्यात कथावाचक बाल व्यास ईश्वर कृष्ण महाराजले दैनिक संगितमय कथा प्रवचन गर्नु हुनेछ । दैनिक वर्तबन्ध तथा चौरासी पुजा, भजन किर्तन, गणेशलाई ३ करोड तिलको लड्डु तथा दुबो अर्पण गर्ने महत्वपुर्ण कार्यक्रम तय भएका छन । आयोजकले सबै धर्मानुरागी महानुभावलाई अनुष्ठानमा सहभागि हुन अनुरोध पनि गरेको छ ।

अनुष्ठान समापन पछि तानसेनको टँडिखेलमा राखिएको गणेश भगवानको मुर्ति निर्माणधिन धार्मिक पर्यटकिय स्थल तेल्घाको गुफाचौरमा प्राण प्रतिष्ठान गरिने छ । नगर प्रमुख अशोक कुमार शाहीले तेल्घालाई गणेशधामको रुपमा विकास गर्ने योजना रहेको बताउनभयो । नगरप्रमुख शाहीले पाल्पालाई चिनाउने नयाँ धार्मिक पर्यटकिय गन्तब्य निर्माण गर्न लागिएकोले आम नेपालीलाई अनुष्ठानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

तानसेन नगरपालिका १० तेल्घा गुफाचौरमा प्रतिस्थापन गर्न लागिएको गणेशको मुर्ति तत्कालिन काठमाण्र्डौं महानगरपालिकाका मेयर केशव स्थापितले तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीलाई गिफ्ट स्वरुप प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *