अन्तत सीएमसीसँग मेलम्चीे आयोजनाको ठेक्का सरकारले तोड्यो , अबको निकासमा भने आयोजना अनिणिर्त

२४ माघ, काठमाडौं ।
मेलम्ची आयोजनाको सुरुङमार्ग र हेडवक्र्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग सरकारले ठेक्का तोडेको छ । काममा फर्किन दिइएको १४ दिनको समयसीमा गुज्रिएपछि मेलम्ची खानेपानी आयोजनाले सीएमसीलाई औपचारिक बाइबाई गरेको छ ।

आयोजनाका प्रमुख सूर्यराज कँडेलका अनुसार बिहीबार बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएएमसीसँगको ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिनुभयो । यो अवस्थामा पनि ठेक्का नतोड्दा थप अन्योल पैदा हुने र ठेक्काको बैंक ग्यारेन्टी पनि गुम्न सक्ने अवस्था देखिएको कँडेलले बताउनुभयो ।

सकारले गत माघ ६ गते १४ दिनभित्र काममा फर्किन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गरेको थियो । तर, अन्तिम म्याद भनिएको सोमबारसम्म सीएमसी काममा नफर्किएपछि आयोजनको ठेक्कता तोड्ने निर्णयामा सरकार पुगेको हो ।

अब मेलम्ची आयोजनको काम के होला ?

तर अझै मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे आयोजना अनिणिर्त छ । बोर्ड बैठकले यस विषयमा विकल्पहरु तयार गरेर सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्रालयले सीएमसीसँग वार्ता गर्न भन्दै यही बीचमा एउटा सरकारी टोलीलाई थाइल्यान्ड पठाएको थियो । तर, यो वार्तामा सीएमसी हालकै अवस्थामा काममा फर्किन सहमत नभएको पुष्टी आयोजनको ठेक्का रद्ध गर्ने निर्णयले पनि पुष्टि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *