What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

कतारबाट पाल्पाली ईश्वर काफ्लेले पाठए बगनासकालिका ९ जना जेहेन्दार विद्यार्थीलाई सहयोग
What To Know
- .
माघ २४ पाल्पा ।
पाल्पाली सेवा समाज दोहार कतारका अध्यक्ष ईश्वर काफ्लेको आर्थिक सहयोगमा बगनासकाली गाउँपालिका ७, ८ र ९ का गरि ९ जना बालबालिकाहरुलाई अध्ययन सहयोगार्थ आर्थिक सहयोग उपलब्ध गराईएको छ ।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय आउँदा जाडोमा ज्याकेट र जुत्ता समेत लगाउन नसक्ने विपन्न परिवारका जेहेन्दार विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा किन्नका लागि रकम उपलब्ध गराइएको हो । रम्भा गाउँपालिका १ हुँंगी घर भई १८ बर्षदेखि रोजगारीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्लेले रोजीरोटीको जोहो गरिदिएको कर्मथलो कतार एसिएन फुटवलको बिजेता भएको खुशीमा इन्सेक प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना मार्फत २३ हजार रुपैयाँ उपलब्ध गराउनुभएको हो ।
उक्त रकम खानीगाउँ माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थी, बगनासकाली गाउ“पालिका–८ बराङ्दी पाडे गाउ“का १४ वर्षीय दामोदर पाण्डे र उनका भाई ११ वर्षीय ऋषिराम पाण्डे तथा कालिका आधारभुत विद्यालयका २ जना विद्यार्थीलाई इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना र पत्रकार दयाराज न्यौपानेले हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा खानीगाउँ माध्यमिक विद्यालयकी प्रधानाध्यापक कल्पना कुमारी भुसाल, कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक जीवराज घिमिरेले यसप्रकारको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले रोजीरोटीको सिलसिलामा कतारमा रहेका इश्वर काफ्लेले सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनमा यसप्रकारको सहयोग रहने विश्वास ब्यक्त गर्नुभयो । पत्रकार दयाराज न्यौपानेले परिवारको खुशीको लागि विदेश गएको छोरोले यसप्रकारको सहयोग गर्नु सराहनीय काम भएको बताउनुभयो ।