नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाल प्रहरीका ३ डीएसपीको काज सरुवा, केसी आईजीपी खनालको सचिवालयमा तानिए
२४ माघ, काठमाडौं ।
प्रहरी प्रधान कार्यालय, नक्सालले तीन जना प्रहरी नायब उपरीक्षक [डीएसपी] को काज सरुवा गरेको छ ।
कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय, जाजरकोटको प्रमुखमा डीएसपी श्याम खत्रीलाई पठाइएको छ भने जाजरकोटमा हाल कार्यरत रवीन्द्र केसीलाई आईजीपी सर्वेन्द्र खनालको सचिवालयमा तानिएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत डीएसपी कुमुद ढुंगेललाई इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुर र उनको ठाउँमा डीएसपी धर्म भण्डारीलाई पठाइएको छ ।