साईवर क्राइम र यौन अपराध सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

माघ २४,पाल्पा ।
पाल्पाको एक निजि बोडिङ स्कुलका विद्यार्थीलाई साईवर क्राईम र यौन अपराधका विषयमा जनचेतनामूलक जानकारी दिईएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र साथ–साथ संस्था काठमाडौंको संयुक्त आयोजनामा न्यू होराइजन मावि तानसेनमा कार्यक्रम भएको हो ।

पछिल्लो समयमा युवापुस्तामा साईवर क्राईम र यौन अपराधका घटनाहरु बढ्दै गएकाले विद्यालयमा विद्यार्थी लक्षीत कार्यक्रमको आयोजन गरिएको प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साईवर क्राईम र यौन अपराधका विषयामा कक्षा ११ र १२ का विद्यार्थीहरुको सहभागितामा भएको हो । कार्यक्रममा साईवर क्राईम, यौन दुव्र्यवहार र यसबाट बच्ने उपायका विषयमा साथ संस्थाका कविता शाह र आस्था पालिखेले सहजीकरण गरेका थियो ।

कार्यक्रम प्रहरी निरिक्षक बासुदेव नेपालको सञ्चालन र विद्यालयका प्रिन्सिपल डाँसुराम पन्तको अध्यक्षतामा भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *