जीन्दगी बदल्ने केही हरफहरु

– यदि हामी सहि समय मा सबक सिक्दैनौ भने जिन्दगीले हामीलाई त्यही सबक गलत समय मा सिकाइदिन्छ ।

– हर दिल मा दर्द हुन्छ , केवल व्यक्त गर्ने तरीका अलग हुने गर्छ , केही मान्छेहरुले दर्दलाई आफ्नो आँखा मा लुकाउछन भने केही ले आफ्नो मुस्कान मा ।

– नकारात्मक व्यक्तिको लागि दुई रात र एक दिन हुन्छ जबकी सकारात्मक व्यक्तिको लागि दुई दिन को बिच मा एक रात हुन्छ ।

– कसैलाई प्रशंसा गर्नुछ भने हामी धेरै पछाडी र आलस्य हुन्छौ तर कसैलाई आलोचना गर्नुछ भने धेरै अगाडि र उत्साहित हुन्छौ ।

– कुराकानीको समयमा समस्या तब हुन्छ जब हामी अरुको कुरा बुझ्न को लागि सुन्दैनौ त्यसलाई जवाफ दिन को लागि सुन्छौ ।

– एउटा पोजिटिभ व्यक्तिले हमेशा परीणाम दिन्छ जबकी एउटा नकारात्मक व्यक्तिले हमेशा आलोचना र दोष दिन्छ ।

– गलत व्यक्तिसित तर्क गर्नुभन्दा असल व्यक्ती सित सम्झौता गर्नु ठिक हो ।

– जीवन को त्रासदी यो होइन कि जिन्दगी धेरै छिटो नै समाप्त हुने गर्छ , बल्की यो हो कि जीवन को शुरुवात गर्नमा नै हामी धेरै ढिलो गर्छौ ।

– यदि तपाईं कोहिसित कुनै आशा राख्नुहुन्न भने तपाईं भन्दा यो दुनियामा भाग्यशाली व्यक्ती अरु कोहि हुदैन , किनकी जुन व्यक्तिले कहिले कुनै आशा राख्दैन त्यो कहिल्यै निराश हुदैन ।

– बुद्धिमान र सभ्य मान्छेहरुको खोज हमेशा गल्ती को खोज तर्फ होइन सत्यको खोज तर्फ हुने गर्छ ।

– ” चुनौती ” ले जिन्दगीलाई रोचक बनाउछ र चुनौतीमा सफलता ले जिन्दगीलाई सार्थक बनाउछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *