पहिलो पाइलाले दियो जोगीथुमका विद्यार्थीलाई न्यानो कपडा – फोटो फिचर

पाल्पा ।
प्रश्चिम पाल्पाको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

जिल्लाको रिब्दीकोट गाउँपालिका १ ख्याहा जोगिथुममा रहेको विद्यालयका १ सय ११ विद्यार्र्थीहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो ।

पहिलो पाईला नेपाल पाल्पा शाखाले विद्यार्थीहरुलाई स्वीटर, टोपी, मोजा वितरण गरेको छ । कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि, नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका प्रदेश सांसद वीरबहादुर रानाले संस्थाले चिसोको समयमा विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पहिलो पाईला नेपालका केन्द्रीय अध्यक्ष प्रतिभा जिसीले गाउँ–गाउँमा रहेका विपन्न वर्गका व्यक्तिहरुलाई संस्थाले सहयोग गर्दै आएको बताउनुभयो । विशिष्ट अतिथि रिब्दीकोट गाउँपालिका प्रमुख नारायणबहादुर जिसीले गाउँपालिकाले विपन्न वर्गका विद्यार्थीहरुको क्षेत्रमा दिर्घकालिन योजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा वडा १ का वडा अध्यक्ष विष्णु गैरे, पहिलो पाईला नेपालका बुटवल शाखा सचिव आयुष पौडेल, पहिलो पाईला पाल्पा शाखाका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, स्थानिय समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *