बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

एक दिवसीय कृकेटमा नेपालको शानदार जीत, कप्तान पारसको कीर्तिमान् – फोटो फिचर
काठमाडौँ । एक दिवसीय कृकेटमा नेपालले ऐतिहासिक सफता हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले नेपालले आफ्नो पक्षमा पारेको छ ।
जित्न २५५ रनको लक्ष्य पाएको छ ।
सोमबार दुबईस्थित आइसीसी ग्लोबल एकेडेमी मैदानमा तेस्रो खेलमा युएईलाई ४ वीकेटले पराजित गर्दै सिरिज २–१ ले जितेको हो । यूएईले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाइ २५४ रन बनायो । २५५ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान पारस खड्काको कीर्तिमानी १ सय १५ रनसँगै ४४ ओभर ४ बलमा ६ वीकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।
नेपालको जितमा ज्ञानेन्द्र मल्लले ३१ रन बनाए, सोमपाल कामीले नटआउट २६, आरिफ शेखले नटआउट २१, सन्दिप जोराले १९ र रोहित कुमार पौडेलले १६ रोन जोडे । बिनोद भण्डारीले ९ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले ६ रनको योगदान दिए ।
पारसको कीर्तिमान्
एक सय नौ बलको सामना गरेका कप्तान पारस खड्काले १ सय १५ रन बनाए । यो सँगै कप्तान खड्का एक दिवसीय कृकेटमा सतक पूरा गर्ने पहिलो खेलाडी बने ।