What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
नेपाललाई मिल्यो ऐतिहासिक सफलता, यूएई ४ विकेटले पराजित – फोटो फिचर
काठमाडौं ।
पारस खड्काको सतकको मद्यतमा नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।
गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।
यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।
यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । अव नेपालले टि ट्वान्टी म्चाच खेल्ने छ ।






