बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गुडिरहेको ट्रकमाथि ढुंगा खस्दा चालक शर्माको मृत्यु
पाल्पा ।
स्याङ्जामा गुडिरहेको ट्रकमाथि ढुङ्गा खसेर लाग्दा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुतलीबजार नगरपालिका ३ बाडखोलाका २८ वर्षीय प्रेम शर्मा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
सिद्दार्थ राजमार्ग अन्तरगतको वालिङ १३ गाहाखोलामा वालिङबाट गल्याङतर्फ जाँदै गरेको ग १क ३७७२ नम्बरको ट्रक माथि ढुङ्गा खसेर चालक शर्मा घाइते हुनुभएको थियो ।
घाईते शर्माको प्राथमिक स्वास्थ्य चौकी वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिनुभयो ।