सरकार कता छ भनेर खोज्ने बेला भो : नेता पौडेल

पाल्पा ।
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार कता छ भनेर खोज्ने बेला आएको बताउनुभएको छ ।

नपत्याएको भोट पाएर मात्तिएका केपी ओलीले प्रतिपक्ष कहा छ भनेर बोलेको संझना आएको भन्दै नेता पौडेलले अहिले सरकार कहा छ भनेर जनताले प्रश्न गर्न थालेको बताउनुभयो ।
प्रेस युनियन पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बरिष्ठ नेता पौडेलले दुई तिहाईको दम्भले गर्दा बर्तमान सरकार असफल भएको दाबी गर्नुभयो ।

नेता पौडेलले समृद्ध नेपाल सुखि नेपालीको नारा नारामै सिमिति भएको भन्दै काम गरेर देखाउन सरकारलाई आग्रह गर्नुभयो । फरक प्रसङमा नेता पौडेलले डाक्टर गोबिन्द केसीलाई निर्मम तरिकाले सरकारले पेल्न खोजेको भन्दै डाक्टर केसीको मागका बारेमा सरकारलाई गंभिर बन्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *