What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
इन्डो–नेपाल भलिबल प्रतियोगिताको उपाधी आर्मीलाई
What To Know
- पाल्पा ।.
पाल्पा ।
पाल्पामा भएको इन्डो–नेपाल आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लवले जितेको छ ।
आज भएको फाईनल खेलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३÷२ सेटले पराजित गर्दै आर्मीले प्रथम उपाधी हात पारेको हो । यस संगै चापाकोट द्वितीय उपाधी सिमित भएको छ । फाईनल खेलको लगातार पहिलो र दोस्रो सेट २५÷१३, २५÷१८ अंक सहित हात पारेको थियो । त्यस्तै तृतिय स्थानको लागि भएको खेलमा इण्डियन रेलवेजले ३÷२ सेट अन्तरमा मणिमुकुन्द भलिबल क्लव रुपन्देहीलाई पछि पार्दै तृतिय स्थान हासिल गरेको छ ।
प्रतियागिता अवधिमरमा उत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लवका धन बहादुर भट्ट, वेष्ट सर्भर त्रिभुवन आर्मीका मान बहादुर श्रेष्ठ, वेष्ट डिफेन्डर त्रिभुवन आर्मीका इश्वर थापा, वेष्ट स्पाईकर चापाकोट नगरपालिकाका लक्ष्मण राना, वेष्ट सेटर चापाकोट नगरपालिकाका लोकेन्द्र गिरि र वेष्ट ब्लकर इण्डियन रेलवेजका अवय घोषित भएका छन् । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने समुहलाई क्रमश नगद १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा भारतका १ समुह र नेपालका ५ समुह गरी ६ समुहको सहभागीता रहेको थियो ।






