What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पाल्पाली सांगीतिक साँझ सम्पन्न
What To Know
- पोखरा सभागृह हलमा भएको सो कार्यक्रममा पाल्पाली चिनारी दिने गरी सबैतिर सजाइएको थियो । ऐतिहासिक रुपमा आयोजित सो कार्यक्रममा पाल्पाको पहिचान तानसेन दरबारको झल्को दिने गरी सजाइएको मूलद्वार र रानीमहलको स्वरुपमा सजाइएको स्टेजले दर्शक चकित परेका थिए ।.
- पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक, हाँसको छोयला लगायत खानाका परिकारका स्टलमा स्वाद लिनेको पनि उस्तै भीड लागेको थियो ।.
पाल्पा ।
पाल्पाली समाज पोखराको स्थापनाको रजत जयन्ती अवसरमा ‘पाल्पाली सांगीतिक साँझ तथा सम्मान कार्यक्रम–२०७५’ सम्पन्न भएको छ ।
सो अवसरमा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सर्वाीच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन गरिनुका साथै कलाकारको सम्मान एवं सांगीतिक कार्यक्रम भएको थियो ।
पोखरा सभागृह हलमा भएको सो कार्यक्रममा पाल्पाली चिनारी दिने गरी सबैतिर सजाइएको थियो । ऐतिहासिक रुपमा आयोजित सो कार्यक्रममा पाल्पाको पहिचान तानसेन दरबारको झल्को दिने गरी सजाइएको मूलद्वार र रानीमहलको स्वरुपमा सजाइएको स्टेजले दर्शक चकित परेका थिए ।
सो अवसरमा पाल्पाली समाज र पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएकोमा मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मीलाई समाजका पदाधिकारी, प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे, प्रदेश ५ मा प्रतिनिधित्व गर्ने पाल्पाली सांसद, स्थानीय जनप्रतिनिधि लगायतले सामूहिक सम्मान गरेका थिए ।
यस्तै, पाल्पामा जन्मेका पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसीलाई सम्मान गरिएको थियो ।कार्यक्रममा मन्त्रिपरिषद् पूर्व अध्यक्ष रेग्मीले पाल्पाको गरिमा सर्वत्र फैलिएको चर्चा गर्दै यसको गरिमा जोगाइराख्नुपर्ने सुझाव दिनुभयो ।
महानायक हमालले आफू पाल्पाली भएकोमा गर्व महसुस गर्दै यसरी सम्मान गरेकोमा आभार व्यक्त गर्नुभयो । सो अवसरमा फिल्म निर्माता÷निर्देशक एवं गायक नारायण रायमाझी, गायक दुर्गा रायमाझी, बद्री पंगेनी, ईन्द्र जिसी, नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डेले आफ्नो प्रस्तुतिमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।
यस्तै, पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरियो भने पाल्पाको मौलिक संस्कृति वालन नाच, कौरा नाच, सोरठी (मारुनी) प्रदर्शन गरिएको थियो ।कार्यक्रममा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिनुका साथै पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिएको थियो ।
पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक, हाँसको छोयला लगायत खानाका परिकारका स्टलमा स्वाद लिनेको पनि उस्तै भीड लागेको थियो ।