भौतिक निर्माण मात्रै शैक्षिक सुधारको आधार होईन : ज्ञवाली

पाल्पा ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक निर्माणले मात्रै शैक्षिक सुधार नहुने बताउनुभएको छ । तानसेन स्थित जनप्रिय माध्यमिक विद्यालयको भूकम्पले क्षती पु¥याएको भवनको अहिले भइरहेको निर्माण कार्यको आइतबार अवलोकन गर्दै उहाँले अहिले दिइरहेको शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने र प्राविधिक शिक्षाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
पुरानो भुकम्पले क्षती पु¥याएको यस विद्यालयको चारकोठे भवनको लागि प्राधिकरणले करीब ७० लाख बराबरको नयाँ भवन बनाउने प्रक्रिया अगाडि बढेको छ । नयाँ भवन निर्माणको काम तत्काल अगाडि बढाउन आग्रह गर्दै उहाँले भवन भुकम्प प्रतिरोधात्मक मापदण्ड अनुरुप बनाउन सुझाव दिनुभयो । यो विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीका लागि गुरुयोजना बनाएर आए आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
यो विद्यालय भएको स्थान शैक्षीक वातावरण अनुकुल रहेको भन्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यहाँको शैक्षिक गुणस्तर अझै प्रभावकारी बनाउन सके विद्यार्थीको आकर्षण थप बढ्ने बताउनुभयो ।
सोही अवसरममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दयाराम पाण्डेले विद्यालयमा आउनुभएका प्रमुख ज्ञवालीलाई स्वागत तथा सम्मान गर्दै भवन तोकिएका मापदण्ड र समयमा सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक नेत्रलाल भट्टराइले विद्यालयको वर्तमान शैक्षिक र भौतिक अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।
भवन निर्माण समितिका अध्यक्ष गुणाकर गैरेले अवको एक हप्ताभित्रमा काम सुरु गरिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *